डोनाल्ड ट्रंपको सम्बोधनका १० महत्त्वपूर्ण कुरा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 21, 2017 | 11:18:34 AM मा प्रकाशित

laxmi  sunrise bank

वासिंगटनमा राष्ट्रपतिपदको सपथ ग्रहण गरे लगत्तै रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रंपले करिब २० मिनेटसम्म अमेरिकन नागरिकलाई सम्बोधन गरे। सम्बोधनमा अधिकांश समय उनले अमेरिकी जनताको हातमा राज्य रहेको र अमेरिकन जनता पहिलो प्राथमिकतामा रहने बताए।  अमेरिकाका ४५ औ राष्ट्रपति ट्रंपले सम्बोधनका क्रममा उल्लेख गरेका प्रमुख १० विषय यस्ता छन्:

-हामि अमेरिकाको सत्तालाई वाशिंगटन डिसीबाट फिर्ता जनतामा हस्तान्तरण गर्दै छौ। यो तपाइँको दिन हो। यो तपाइको खुसि हो र यो देश अमेरिका तपाईहरुको हो। 

-हाम्रो देशमा जुन महिला-पुरुषलाई बिर्सीएका छौ उनीहरुलाई अब भुलिने छैन। यसबाट फरक पर्ने छैन कि सरकार कसको हो, फरक यसबाट पर्छ कि के देशमा अमेरिकी जनताको नियनत्रण छ कि छैन। 

-अमेरिकाले फेरी जित्ने छ र यसरि जित्ने छ कि पहिले यसरि कहिले जितेको थिएन। हामी इस्लामिक अतिवादी बिरुद्द सभ्य संसारलाई एक जुट गर्ने छौ र हामी यसलाई यस धर्तिबाट पूर्ण रुपमा नामो निसान मेट्ने छौ। 

-तपाईहरुले राष्ट्रियताका लागि आफ्नो हृदय खुला गरिदिनु भएको छ अब पूर्वाग्रहको लागि कुनै स्थान छैन। हामिलाई ठुलो सोच्नु छ र त्यो भन्दा पनि ठुलो सपना देख्नु छ। ती नेताहरुलाई अब कुनै हालतमा स्वीकार गरिदैन जसले धेरै बोल्छ र काम कम गर्छ। 


-एक नयाँ राष्ट्रिय गौरब हाम्रो शिर ठाडो गर्ने छ र हाम्रो विभाजनमा मलहम लगाउने काम गर्ने छ। हामी मिलेर अमेरिकालाई फेरी महान बनाउने छौ। हामि अमेरिकालाई फेरी सम्पन्न र शक्तिशाली बनाउने छौं। 

-अमेरिकाले विश्वलाई धनी र सम्पन्न बनायो तर आफ्नै अवस्था बिगार्यो, अब त्यस्तो हुने छैन। हरेक कुरामा अमेरिकन नागरिकलाई पहिलो प्राथमिकतामा राख्ने छौ। 

-हामी चुनौतीहरू सामना गर्ने छौ,  हामी कठिनाइको सामना गर्ने छौ तर हामी काम फत्ते गरेर नै छोड्ने छौ।

-वाशिंगटन फस्टायो तर यहाँको धन साझा हुन् सकेन। राजनीतिज्ञ फलिफाप भए तर यहाँबाट उद्योग कलकारखाना बन्द भए र रोजगारी खोसीए। स्थायित्व कायम भयो तर अमेरिकन नागरिकको लागि भएन। हाम्रो बिजय आफ्नो भएन। त्यसैले अब यस्तो हुने छैन। यहाँ अमेरिकन सामान किन अमेरिकन मान्छे राख अभियान सुरु हुने छ। 

-हामि हाम्रो रोजगारी फिर्ता ल्याउने छौ, हाम्रो सिमाना फिर्ता ल्याउने छौ र हाम्रो धन फिर्ता ल्याउने छौ र हामी हाम्रो सपना फिर्ता ल्याउने छौ।

-हामी विश्वका सबै राष्ट्र र समुदायसंग मित्रता र सदभाब कायम गर्ने छौ तर हामी यो बुझेर कि हरेकले आफ्नो गतिविधिलाई पहिलो स्थानमा राख्न सहि छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै आफुलाई (अमेरिकालाई) प्राथमिकतामा राख्ने छौ।  


 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved