ब्राजिलका राष्ट्रपतिलाई कोरोना देखियो, देशभर १६ लाख बढी संक्रमित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 07, 2020 | 09:59:57 PM मा प्रकाशित

laxmi  sunrise bank

ब्राजिलका राष्ट्रपतिलाई पनि कोरोना संक्रमण देखिएको छ । राष्ट्रपति जेयर बोलसोनारोले लाइभ टिभी सम्बोधन मार्फत आफुलाई कोरोना पोजेटिभ भएको  सार्वजनिक गरेका हुन् 

६५ वर्षीय उनले आफुलाई स्नाक्रमण भएको तर यस बारे डराउनु नपर्ने बताएका हुन् । मास्क लगाएर आफुलाई कोरोना पुष्टि भएको जनाएका उनले सम्बोधनको अन्त्यमा मास्क खोलेर आफ्नो अनुहार पहिले झैँ रहेको र आफ्नो स्वास्थ्यको लागि प्राथना गर्ने सबैलाई धन्यवाद दिएका छन् । उनले आफ्नो आलोचकलाई पनि मन लागे पनि आलोचना गरिरहन भनेका छन् । 

हालसम्म ब्राजिलमा १६ लाख २८ हजार बढी संक्रमित फेला परेका छन् भने ६५ हजार बढीको मृत्यु भईसकेको छ । संक्रमित मध्ये १० लाख बढी निको भईसकेका छन् । अमेरिकापछि ब्राजिल कोरोना बाट सबै भन्दा बढी प्रभावित देश हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved