इमिरेट्सलाई पछि पार्दै कतार एयरवेजले सुरु गर्‍यो विश्वकै सबैभन्दा लामो उडान

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 06, 2017 | 07:16:34 AM मा प्रकाशित

laxmi  sunrise bank

कतार एयरवेजले विश्वकै सबैभन्दा लामो उडान सुरु गरेको छ। यो उडान दोहादेखि अक्ल्यान्ड (न्युजिल्यान्ड) सम्म रहेको कतार एयरवेजले जनाएको छ। 

कतार एयरवेजको फ्लाइट क्युआर ९२० निर्धारित समयभन्दा ८ मिनेट अगाडि दोहादेखि अक्ल्यान्डका लागि उडेको जनाइएको छ । बोइङ ७७७ ले १४ हजार ५ सय ३५ किलोमिटरको दूरी पार गर्दै अक्ल्यान्ड पुग्न १६ घन्टा २० मिनेट लगाउने कतार एयरवेजका प्रवक्ताले बताएका छन्। फर्किंदा भने यात्रुले १७ घन्टा ३० मिनेट आकासमा बिताउनु पर्नेछ।

फ्लाइटराडर २४ को रेकर्ड अनुसार नागरिक यात्रु सेवाका लागि कतार एयरवेजले भरेको यो उडान यो विश्वकै सबैभन्दा लामो उडान बन्न पुगेको छ।    गत वर्ष इमिरेट्सले १४ हजार २ सय किलोमिटर दूरी रहेको दुबईदेखि अक्ल्यान्डसम्मको उडान सुरु गर्दै विश्वको सबैभन्दा लामो उडानको कीर्तिमान राखेको थियो। 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved