बिरोध प्रदशन र्यालीमा शक्तिशाली बम बिष्फोट, डीआईजी सहित १० को मृत्यु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 14, 2017 | 07:54:29 AM मा प्रकाशित

laxmi  sunrise bank

पाकिस्तानमा एक बिरोध प्रदशनको क्रममा शक्तिशाली बम बिस्फोट भएको छ। पाकिस्तानको लाहोरमा भएको उक्त आत्मघाती बम बिष्फोटमा दर्जन बढी व्यक्तिहरुको मृत्यु भएको अलजजिराले जनाएको छ। 

लाहोरमा स्थानीय फर्मासिस्टहरुको तर्फबाट गरिएको बिरोध प्रदशनको दौरान बम बिस्फोट गरिएको अल्जजिराले समाचार लेखेको छ। मोटरसाइकल सवार आक्रमणकारी प्रदशन र्यालीमा प्रवेश गरि बिष्फोट गराइएको जनाइएको छ।

बम बिष्फोटनमा परि लाहोरका ट्राफिक प्रहरीका डीआईजी सहित अहिले सम्म १० भन्दा बढीको मृत्यु भएको छ। यसका साथै ४० बढी घाइते भएका छन। औषधि सम्बधि नयाँ कानुनको बिरोधमा गरिएको प्रदशनमा बम बिस्फोट गराइएको हो।

पाकिस्तानी तालिबान आर्म समूह सम्बंद्द जम्मातउल अहररले यस बम आक्रमणको जिम्मा लिएको अलजजिराले जनाएको छ। प्रत्यक्षदर्शीका अनुसार पन्जाब विधानसभा नजिकै मोटरसाइकलधारीले प्रहरीको गाडीसंग ठक्कर लगाएर बम बिस्फोट गराएका थिए।    
 

 

 


 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved