'महिला एजेन्टहरु'ले जेम्स बोन्ड स्टाइलमा गरे उत्तर कोरियाली नेता किम जोगका सौतेला दाईको 'हत्या'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 15, 2017 | 08:53:47 AM मा प्रकाशित

laxmi  sunrise bank

उत्तर कोरियाली नेता किम जोग उनका सौतेला दाईको मलेशियामा हवाई अड्डामा दुरुस्तै फिल्मी अन्दाजमा 'हत्या' गरिएको छ। मलेसियाका प्रहरीले उत्तर कोरियाली नेता किम जोङ-अनका सौतेनी दाइको कुआलालम्पुरमा मृत्यु भएको पुष्टि गरेका छन्।

४५ वर्षीय किम जोङ-नामलाई मलेसियाको राजधानी कुआला लम्पुरस्थित विमानस्थलमा निशाना बनाइएको बताइएको छ।मलेसियाली प्रधानमन्त्रीको कार्यालय निकट एकजना श्रोतले किम त्यही शहरमा मारिएको बीबीसीलाई बताउँदै अहिले उनको शवको जाँचबुझ भइरहेको बताएका छन्।

किम जोङ-नाम उत्तर कोरियाका भूतपूर्व नेता किम जोङ-इलका जेठा छोरा हुन्।मलेसियाका एकजना वरिष्ठ प्रहरी अधिकारीले सोमबार विमानस्थलबाट अस्पताल जाने क्रममा किम जोङ-नामको मृत्यु भएको पुष्टि गरेका छन्।

आशंका
दक्षिण कोरियाको सरकारी समाचार संस्था योनहाप र रोयटर्स समाचार संस्थाले दक्षिण कोरियाली सरकारी श्रोतहरुलाई उद्धृत गर्दै किमको मृत्यु भएको खबर प्रकाशित गरेका छन्।

कस्तेा परिस्थितिमा उनको मृत्यु भो भन्ने स्पष्ट भैसकेको छैन तर दक्षिण कोरियाको केबल टेलिभिजन नेटवर्क चोसुनले किमलाई विमानस्थलमा दुईजना महिलाले विष प्रयोग गरेर हत्या गरेको जनाएको छ।

अय विवरणहरुमा उत्तर कोरियाको गुप्तचर संस्थासंग आबद्ध रहेको आशँका गरिएका दुईजना महिलाले उनको शरीरमा विष लगाइएको सुईले घोचिदिएको हुनसक्ने बताइएको छ।यी विवरणको स्वतन्त्ररुपमा पुष्टि भएको छैन।

विगत
सन् २००१ मा किमले नक्कली राहदानीको प्रयोग गरेर जापान प्रवेश गर्न खोज्दा उनी पक्राउ परेका थिए।
उनले टोक्योस्थित डिज्नील्याण्ड जाने योजना बनाएको अधिकारीहरुलाई बताएका थिए।
कुनै समयमा किम जोङ-इलका सम्भाव्य उत्तराधिकारी ठानिएका किमको त्यो घटनापछि बुवासंग सम्बन्ध बिग्रिएको बताइएको छ।
कान्छा भाइलाई किम जोङ-इलको उत्तराधिकारी बनाइएपछि किम जोङ-नाम सार्वजनिक रुपमा धेरै देखिंदैनथे र प्राय: समय मकाउ लगायतका विदेशी स्थलमा बिताउँथे।

भनाइहरु
उनले वंशाणुगत उत्तराधिकारको विरोध गरेको भन्दै जापानी सञ्चार माध्यमले सन् २०११ मा उनलाई उद्धृत गरेका थिए।सन् २०१२ मा प्रकाशित एउटा पुस्तकमा उनले आफ्ना सौतेनी भाइमा नेतृत्वका गुण नभएको, उनलाई उत्तराधिकारी बनाउने निर्णय काम नलाग्ने, उत्तर कोरिया अस्थीर भएको र देशलाई चीनिया शैलीको आर्थिक सुधारको आवश्यकता रहेको पनि बताएका थिए।

विगतमा पनि उनको हत्या गर्ने प्रयास गरिएको बताइएको छ।
सन् २०१२ मा दक्षिण कोरियाले बन्दी बनाएका एकजना उत्तर कोरियाली गुप्तचरले किम जोङ-नामलाई सवारी दुर्घटनाको शिकार बनाउने योजनाको खुलासा गरेको बताइएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved