भारतीय मूलका भाराड्कार बन्नेछन आयरल्याण्डका पहिला समलिंगी प्रधानमन्त्री, यस्तो छ उनको राजनीतिक यात्रा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 03, 2017 | 11:05:47 AM मा प्रकाशित

laxmi  sunrise bank

लियो भाराड्कार सत्ताधारी गठबन्धनको सबै भन्दा ठुलो पार्टी फाइन गेलको नेता चुनिएको छ। यससंगै भाराड्कार आयरल्याण्डको कान्छो तथा पहिलो समलिंगी प्रधानमन्त्री बन्ने भएका छन।

भाराड्कारले ६० प्रतिशत भोट ल्याएर आफ्नो निकटतम प्रतिद्वन्द्वी आवासमन्त्री साइमन कोवेनीलाई पराजित गरेका हुन्। केहि साता भित्र फाइन गेलका पुर्व नेता एन्डा केनीबाट उनले जिम्मेवारी लिने छन। ३८ बर्षीय भाराड्कार आयरल्याण्डका अहिलेसम्मकै सबै भन्दा युवा प्रधानमन्त्री बन्ने छन।     

भाराड्कार आयरल्याण्डको राजनीतिमा उच्च तहसम्म पुग्ने अन्तराष्ट्रिय समाजमा यस अघि नै चर्चामा रहेको थियो। उनि अन्तर्राष्ट्रिय मिडियामा चर्चाका पात्र मध्य एक हुन। उनको चर्चाको प्रमुख बिषय भनेको उनि भारतीय मुलका हुन् र उनि समलिंगी हुन। 

भाराड्कार युरोपको सामाजीक रुपमा सबै भन्दै रुढिबादी देशका उदारबादी नेताको उदाहरण बनेका छन्। तर आयरल्याण्डमा मात्र नभई विश्व समुदायमा समेत उनको सेक्स जिबन र नस्लीय पहिचानलाई त्यति महत्त्व दिइएको छैन । 

उनको चुनावी अभियान सामाजिक र आर्थिक मुद्दामा केन्द्रित रह्यो। भाराड्कारको सामु सबै भन्दा ठुलो चुनौती आयरल्याण्डको अर्थव्यवस्थालाई ट्रयाकमा ल्याउनु हुने छ र अर्को चुनौती भनेको ब्रेक्सिट पछि सिर्जना भएको अवस्थालाई सन्तुलनमा राख्नु हुने छ। 

पारिवारिक पृष्ठभूमि 

भाराड्कारको जन्म १८ जनवरी १९७९ मा डब्लिनमा भएको थियो। उनको बुवा अशोक मुम्बईबाट आएका एक डाक्टर हुन् जसले आयरिस मूलकि नर्स मरियमसंग बिहे गरेका थिए।

इंग्ल्यान्डको वर्कशरमा काम गर्ने क्रममा उनिदुवैको भेट (बुवा आमा) भएको हो। पछि दुवै ७० को दशकका आयरल्याण्डमा बसाईसरेका थिए। त्योबेलाको आयरल्याण्ड र आजको आयरल्याण्डबीच धेरै फरक थियो। 

१९९० को दशकमा आयरल्याण्डमा समलिंगी र सम्बन्धबिच्छेद गैरकानुनि मानिन्थ्यो। यहाँ धेरै कम मात्रामा प्रवासी बस्ने गर्दद र आयरल्याण्ड युरोपीयन राष्ट्रको एक गरिब सदस्यको रुपमा चिनिन्थ्यो। यस्तो परिस्तिथिमा भाराड्कार २४ बर्षको उमेरमा नै काउन्सिलर बने र सन २००७ मा आयरल्याण्डको संसदको लागि चुनिए।    

The Fine Gael leadership result was announced in Dublin's Mansion House

आयरल्याण्डको 'सेल्टिक टाइगर' को नामबाट चर्चित अर्थव्यवस्था विश्व घटना बनिसकेको छ। न्युनतम कर्पोरेट ट्याक्सको कारण आयरल्याण्डमा अत्यधिक बैदेशिक लगानी भित्रियो र आयरल्याण्ड विश्वकै सबै भन्दा धनीराष्ट्र मध्य एक बन्न सफल बन्यो। तर सन २००८ मा विश्व अर्थतन्त्रमा देखिएको आर्थिक मन्दीमा आयरल्याण्डको अर्थव्यवस्था पनि धरासायी हुन पुग्यो र आयरल्याण्ड ७१ अर्ब डलरको अन्तराष्ट्रिय ऋण लिन बाध्य भयो।

सन २०११ मा फाइन गेल पार्टी सत्ताधारी गठबन्धनको सबै भन्दा ठुलो पार्टी बन्यो। भाराड्कार ट्रान्सपोर्ट, प्रयटन र खेलखुदको मन्त्री बनाईयो। पछि उनि स्वास्थ्यमन्त्रि बने। पछिल्लो पटक भाराड्कार आयरल्याण्डको समाज कल्याण बिभाग प्रमुख बने। 

भाराड्कारले सन २०१५ मा विश्वसामु आफु समलिंगी भएको सार्वजनिक गरेका हुन। उनले मिडियामा आफ्नो एक उच्च प्रोफाइल बनाए। उनलाई आमरुपमा सार्प सुटर वा स्ट्रेट टाकर भन्ने आरोप लाग्न थाल्यो। भाराड्कारले सन २०१५ मा सरकारी टेलिभिजन मार्फत अन्तर्वार्ता दिने क्रममा आफु समलिंगी भएको स्वीकार गरे।    


राजनीतिक यात्रा 

Leo Varadkar was congratulated by Simon Coveney after Friday's result

जब एन्डा केनीले प्रधानमन्त्री पद र पार्टीको नेतृत्त्वबाट सन्यासको घोषणा गरे तब भाराड्कारको समर्थनमा समर्थकले यस्तो अभियान चलाए कि धेरै जसा ठुला नेता ४८ घण्टा उनको समर्थनमा जुट्न बाध्य भए। 

भाराड्कारले आफ्ना प्रतिद्वन्द्वी तथा आवासमन्त्रि साइमन कोवेनि भाराड्कारलाई टक्कर दिने जनमत जुटाए। यता कोवेनीले भाराड्कारको आर्थिक नीति पार्टीको दक्षिणपन्थीसंग झुकाब भएकोमा चिन्ता ब्यक्त गरे। जवाफमा भाराड्कारले फाइन गेललाई जो बिहान छिट्टै उठ्छ उसले देशको नेतृत्त्व गर्नुपर्ने बताए।

भाराड्कारले आफ्नो यो बिचार जो सार्वजनिक क्षेत्र, निजि क्षेत्र र स्वरोजगारमा, ति अभिभावक जो आफ्ना बच्चालाई ध्यान दिने ति मानिसहरुको लागि भएको बताए। भाराड्कारको सोच अन्तर्राष्ट्रिय रहेको र उनलाई फ्रान्सका राष्ट्रपति इमानुयल मेंक्रो र क्यानडाका प्रधानमन्त्री जस्टिन टुडोको रुपमा हेरिएको आयरल्याण्डका राजनीति क्षेत्रका बिज्ञहरुले टिप्पणी गरेका छन। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved