भारतको १४ औ राष्ट्रपति बने रामनाथ कोविंद, दुई तिहाई मत सहित बिजयी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 20, 2017 | 05:03:07 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतको नयाँ राष्ट्रपतिमा रामनाथ कोविंद बिजयी भएका छन् । आज भएको मतगणनामा सत्तापक्ष बिजेपी गठबन्धनका उम्मेदवार  कोविंद करिब २ तिहाई मत ल्याएर बिजयी हासिल गरेका हुन्  । 

बिपक्षी गठबन्धनका उम्मेदवार मीरा कुमारले ३४ प्रतिशत मत प्राप्त गर्दा कोबिन्दले ६६ प्रतिशत मत पाए । कोविंदले ७ लाख २ हजार ४४ भोट पाएका थिए भने मिरा कुमारले ३ लाख ६७ हजार ३ सय १४ भोट पाईन  । संसदबाट भने कोविंदले ५२२ सांसदबाट ३ लाख ६९ हजार ५ सय ७६ मत पाए भने मिराले २२५ सांसदबाट १ लाख ५९ हजार ३ सय मत पाईन । मतदान भने गत सोमबार भएको थियो । 

मतगणनाको औपचारिक घोषणा भने हुन् बाँकी छ। 

भारतको १४ औ राष्ट्रपतिमा निर्बाचित ७१ बर्षिय रामनाथ उत्तर प्रदेशका दलित परिवारका हुन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved