ह्वाइट हाउसका प्रेस सचिव सन स्पाइसरको राजीनामा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 22, 2017 | 11:09:19 AM मा प्रकाशित

laxmi  sunrise bank

ह्वाइट हाउसका प्रेस सचिव सन स्पाइसरले राजीनामा दिएका छन्। संस्थाभित्रको फेरबदलका कारण उनले राजीनामा गरेको बताइको छ।रिपोर्टहरुका अनुसार राष्ट्रपति डोनल्ड ट्रम्पले नयाँ सञ्चार निर्देशक नियुक्त गरेपछि उनी बेखुशी भएका थिए।

वालस्ट्रिटमा ठूला वित्तीय कारोबार हेर्ने गरेका एन्थनी स्क्यारामुची, स्पाइसरले गर्दै आएका केही जिम्मेवारी निर्वाह गर्ने गरी नियुक्त गरिएका हुन्।स्पाइसरका प्रेस सम्मेलनहरु निकै विवादास्पद हुने गरेका थिए तर पछिल्ला हप्ताहरुमा उनी क्यामराबाट टाढा बसेका थिए।

"ठूलो गल्ती"

द न्यू योर्क टाइम्स अखबारले ४५ वर्षीय स्पाइसरको स्क्यारामुची नियुक्तिप्रति "गम्भीर असहमति" रहेको र उनले त्यसलाई "ठूलो गल्ती" भनेको उल्लेख गरेको छ।स्पाइसरले ट्वीट मार्फत आगामी महिना उनले ह्वाइट हाउस छोड्ने बताउँदै राष्ट्रपतिलाई सेवा गर्न पाउँदा 'गौरवान्वित' महसुस गरेको बताएका छन्।

त्यस्तै सारा हकाबी स्याण्डर्सलाई ह्वाइट हाउसको नयाँ प्रेस सचिव तोकिएको छ। स्क्यारामुचीले शुक्रबारको प्रेस सम्मेलनमा सहभागी भएर स्पाइसरकी सहायक रहेकी हकाबी स्याण्डर्सले स्पाइसरको भूमिका निर्वाह गर्ने बताए।

प्रेस सचिव

बीबीसीका एन्थनी जर्चर भन्छन्- जारी रुस सम्बन्धी अनुसन्धान, पछिल्लो कानुन विफल भएको धक्का लगायतका कारण ट्रम्प प्रशासन दबाबमा छ र अहिले त संरचनामै दरार देखिन थालेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved