विवादित गुरु राम रहीम सिंहलाई दश वर्षे जेल सजाय, फेरी हिंसा हुने त्रासमा कर्फ्यु जारी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 28, 2017 | 02:47:16 PM मा प्रकाशित

laxmi  sunrise bank

उत्तर भारतको एउटा अदालतले एकजना विवादित धर्मगुरु गुरमित राम रहीम सिंहलाई आफ्ना दुईजना महिला अनुयायीहरुलाई बलात्कार गरेको अभियोगमा दश वर्षको जेल सजाय सुनाएको छ। राम रहीम सिंहलाई बलात्कारको अभियोगमा गत हप्ता सोही अदालतले दोषी ठहर गरेको थियो। उनलाई त्यसरी दोषी ठहर गर्ने फैसला भए लगत्तै हरियाणा र पञ्जाव राज्यहरुमा ठूलो स्तरको दंगा मच्चिएको थियो जस्मा ३८ जनाको ज्यान गएको थियो।

फेरि नयां हिंसा शुरु नहोस् भनेर हजारौं दंगा प्रहरीहरु परिचालन गरिएको छ। ति गुरुको आश्रम डेरा सच्चा सौदा रहेको स्थान सिरसामा कर्फ्यू लगाइएको छ। भारतीय सेनाले उक्त आश्रमको विशाल परिसरमा रहेको करिब चार हजार अनुयायीहरुलाई त्यहांबाट अन्त्यत्र जान मनाएका छन् तर अझै पनि हजारौं मानिस त्यहां बसिरहेका छन्।


बलात्कारको मुद्दामा दोषी ठहरिएका गुरमीत राम रहीम सिंहका अनुयायी संसारभर दशौं लाखको संख्यामा रहेको ठानिन्छ। शुक्रबार हरियाणाको पंचकुलास्थित एक अदालतले दुई जना महिलाको १५ वर्ष अघि भएको बलात्कारमा उनलाई दोषी ठहर गरेको छ। अदालतको फैसला लगत्तै त्यहाँ जम्मा भएका उनका समर्थकको भिडले हिंसात्मक प्रतिक्रिया दिएको थियो।

डेरा सचा सौदाका प्रमुख गुरमीत राम रहीम सिंहको व्यक्तित्व अनौठो देखिन्छ। उनी रंगीचंगी पोशाक लगाउँछन् अनि उनको छवि कुनै चर्चित रक गायकको जस्तो छ। उनले आधा दर्जन म्युजिक भिडियो बनाएका छन्। उनी नियमित रुपमा सांगितिक समारोह 'रक कन्सर्ट'हरुमा सहभागी हुन्छन् जसमा दशौं हजार समर्थक भेला भएका हुन्छन्। डेरा सच्चा सौदाको वेबसाइटमा सो संगठन मानवीय सेवा तथा परोपकारमा संलग्न सामाजिक कल्याण तथा धार्मिक संगठन भनिएको छ।

सो संगठनले विश्वभर पाँच करोड समर्थक रहेको दावी गरेको छ। उसले बालिका, शिशु, भ्रुणहत्या विरुद्ध अनि यौनकार्यमा संलग्न महिलाको सुधारका लागि अभियान चलाएको जनाएको छ। साथै सो समूहले स्कूल तथा अस्पतालहरु सञ्चालन गरेको बताएको छ। पछिल्ला केही महिनामा डेरा प्रमुख विवादमा परेका थिए जब उनीमाथि आफ्ना चार सय समर्थकलाई ईश्वरसंग अझ निकट हुनका निम्ति नपुंसक बन्न बाध्य पारेको आरोप लाग्यो। त्यो बाहेक उनीमाथि हत्याका मुद्दापनि छन्। ती आरोपहरुको सो समूहका प्रवक्ताले खण्डन गरेका छन्।

मूलधारका शिख नेताहरुले आस्थालाई बेइज्जत र अपमान गरेको भन्दै उनको आलोचना गरेका छन्।स्थानीयस्तरको राजनीतिमा गुरमीत राम रहीम सिंहको उल्लेखनीय प्रभाव रहेको ठानिन्छ। उनका भक्तहरुले राम रहीम सिंहलाई लेखक, आविष्कारक, वैज्ञानिक, दार्शनिक, परोपकारी, शान्ति अभियानकर्ता तथा सबैभन्दा महान मानवतावादी भन्ने गर्छन्।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved