ट्रम्पले दिए चेतावनी 'उत्तर कोरियासंग अब वार्ता होइन कारवाही'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 31, 2017 | 04:21:29 AM मा प्रकाशित

laxmi  sunrise bank

कोरियाको मिसाइल कार्यक्रमका कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर वार्ताबाट गर्नुको ओचित्य नभएको बताएका छन । कोरियाको सैन्य अभियानको समाधान वार्ताबाट हुने नदेखिएको राष्ट्रपति ट्रम्पले ट्वीट मार्फत बताएका हुन ।

 ट्वीटमा आफूहरुले गएको २५ वर्षदेखि उत्तर कोरियासँग वार्ता नै गरिरहेको र उसले त्यसको नाजाय फाइदा लिएको ट्रम्पको भनेका छन । अब वार्ता गरिरहन आवश्यक छैन कारवाही बाहेक अब अर्को कुनै विकल्प पनि छैन ।  तर अमेरिकी रक्षा मन्त्री जेम्स म्याट्टिसले भने अझै पनि वार्ताबाट समाधान खोज्न सकिने सम्भावना रहेको बताएका छन ।

उत्तर कोरियाले गएको मंगलबार बिहानै जापानको जमिनमाथिबाट जाने गरी मिसाइल प्रहार गरेको थियो । उत्तर कोरियाले जापानको माथिबाट मिसाइल प्रहार गुर्न प्रशान्त क्षेत्रमा आफ्नो सैन्य अभियानको पहिलो चरण रहेको बताएको थियो । उत्तर कोरियाले अबको आफ्नो निशाना प्रशान्त महासागरमा रहेको अमेरिकी क्षेत्र गुआम रहेको चेतावनी दिएको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved