मध्य भोटेकोशीको आईपिओमा पौने ४ अर्बको आवेदन, कतिले भरे शेयर ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 02, 2018 | 11:14:38 AM मा प्रकाशित

laxmi  sunrise bank

मध्य भोटेकोशी जलविद्युत कम्पनीले  संचयकर्ताहरुको लागि निष्काशन गरेको सिमित आईपिओमा झन्डै पौने ४ अर्बको आवेदन परेको छ  ।   बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले दिएको जानकारी अनुसार आईपिओमा  ३ करोड ७२ लाख २८ हजार ३ सय ४० कित्ताको लागि आवेदन परेको हो ।  १ लाख ४० हजार २ सय ८१ आवेदकबाट ३ अर्ब ७२ करोड २८ लाख ३ सय ४० रुपैयाँको लागि आवेदन परेको हो।  यो माग भन्दा ३ गुणा बढी हो । अझै आवेदनहरु भेरीफाई हुने क्रम जारि रहेकोले यो संख्या घटबढ हुन् सक्ने क्यापिटलले जनाएको छ। 

कम्पनीले पहिलो चरणमा संचयकर्ताहरुको लागि १ करोड १७ लाख कित्ता शेयर निष्काशन गरेको हो ।  संचयकर्ताको संख्या ६ लाख रहेको भएपनि आईपिओमा डेढलाख भन्दा कमले आवेदन दिएका छन् ।  

 कम्पनीले मंसिर १९ गतेदेखि २६ गतेसम्म दोस्रो चरणको शेयर निष्काशन गर्ने छ । यस चरणमा संस्थापक सेयरधनी संस्थाका कर्मचारी र ऋणदाता संस्था (कर्मचारी सञ्चय कोष) का कर्मचारीले मात्र आवेदन दिन पाउने छन् । संस्थापक शेयरधनी संस्थामा (चिलिमे जलविद्युत कम्पनी लि., नेपाल विद्युत प्राधिकरण, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी लि., सिन्धु इन्भेष्टमेन्ट कम्पनी प्रा.लि., नेपाल अरनिको हाइड्रोपावर कम्पनी प्रा.लि. तथा सिन्धु भोटेकोशी हाइड्रोपावर लि.)का कर्मचारीहरु पर्ने छन् । संस्थापक सेयरधनी संस्थाका कर्मचारीहरुको लागि २१ लाख कित्ता शेयर र (कर्मचारी सञ्चय कोष) का कर्मचारीहरुका लागि ६ लाख कित्ता शेयर छुट्याइएको छ ।  यसरी २ चरणमा गरेर कम्पनीले १ करोड ४४ लाख कित्ता शेयर निष्काशन गर्ने भएको हो ।  

कर्मचारी सञ्चय कोषका बचतकर्ता र संस्थापक संगठित संस्थाका कर्मचारीले कम्तीमा ५० कित्तादेखि ५ सय कित्तासम्मका लागि आवेदन गर्न पाउनेछन् । त्यसै गरी ऋणदाता कर्मचारी सञ्चयकोषका कर्मचारीले कम्तीमा ५० कित्तादेखि १२ सय कित्तासम्मका लागि शेयर आवेदन गर्न सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved