यसरि भयो हिमालय उर्जाको आईपिओ बाँडफांड, लगानीकर्तालाई २०९० कित्तासम्म शेयर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 21, 2018 | 11:47:50 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमालय उर्जा विकास कम्पनीले स्थानीयको लागि निष्काशन गरेको आईपिओ बाँडफाड भएको छ । बिक्रि प्रबन्धक नबिल इन्भेस्टमेन्ट क्यापिटलले शुक्रबार शेयर बाँडफांड गरेको हो । 

कम्पनीले कार्तिक ६ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित दोलखा र रामेछापका स्थानीयवासीको लागि ९ लाख ९० हजार कित्ता शेयर निष्काशन गरेको थियो । जसमा अति प्रभावित गोकुल गंगा गाउँपालिका वडा नम्बर १ तथा जिरी नगरपालिका वडा नम्बर १ र २ लाई ४० प्रतिशत शेयर निष्काशन गरेको हो  । 

त्यस्तै बाँकि ६० प्रतिशत कम प्रभावित गोकुलगंगा गाउँपालिकाका २,३,४,५ वडा, जिरी नगरपालिकाका ३, र ४ वडा, तामाकोशी गाउँपालिका ५ र ६, र मन्थली नगरपालिकाका वडा नम्बर १३ को लागि निष्काशन गरिएको थियो   । 

आईपिओमा ११ लाख ९८ हजार ९ सय ७० कित्ताको लागि आवेदन परेको थियो  । जस अनुसार सबै आवेदकले शेयर पाएका छन्  । 

अति प्रभावित स्थानीयले न्यूनतंम ५० देखि अधिकतंम ४ सय ६० कित्ता र कम प्रभावितका स्थानीयले अधिकतम २ हजार ९० कित्तासम्म शेयर पाएका छन्  । 

अति प्रभावितका स्थानीयवासीतर्फ ४५० कित्तासम्मको लागि आवेदन दिनेले माग अनुसार कै शेयर पाएका छन्  । ५०० देखि ४९०० कित्ताको लागि आवेदन दिनेले पनि ४५० कित्ता शेयर नै पाएका छन्  । तर ५०० देखि ४९०० कित्ताको लागि आवेदन दिने ३८७ आवेदक मध्येबाट गोलाप्रथा मार्फत २३ जनाले थप १० कित्ता शेयर पाएका छन्। 

कम प्रभावित तर्फ २०२० कित्तासम्मको लागि आवेदन दिनेले माग अनुसार कै शेयर पाएका छन् । २५ सयदेखि ४९ सय कित्ताको लागि आवेदन दिनेले समान २०८० कित्ता शेयर पाएका छन् ।  २५ सयदेखि ४९ सय कित्ताको लागि आवेदन दिने १४ जना मध्येबाट गोलाप्रथा मार्फत ३ जनाले थप १० कित्ता शेयर पाएका छन् ।  

कम्पनीले उपल्लो र अप्पर खिम्ती–२ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कुल ३ अर्ब १५ करोड रुपैयाँ लागत अनुमान गरिएको यी आयोजनाहरुमा नबिल बैंकको अगुवाईमा एभरेष्ट बैंक, नेपाल बैंक र एस डेभलपमेन्ट बैंकको रु २ अर्ब ३५ करोड रुपैयाँ ऋण लगानी रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved