शिव श्री हाइड्रोपावरले पुस २७ गतेदेखि आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयको लागि १४ लाख ७६ हजार ४ सय कित्ता शेयर निश्कस्श्ना गर्न लागेको हो । यस निष्काशनमा सिन्धुपाल्चोक जिल्लाका भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरा गाउँपालिका र सुनकोशी गाउँपालिकाका स्थानीयले आवेदन दिन सक्ने छन् ।
स्थानीयले न्युनतम ५० कित्ता र अधितम ७ हजार ३ सय ८० कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् । ,माघ ११ गते आवेदन दिन सकिने शेयर निष्काशक तथा बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।
आवेदन दिनको लागि निम्न केन्द्र तोकिएका छन् ।
आयोजना प्रभावितलाई शेयर जारी गरेपछि कम्पनीले सर्वसाधारण र कर्मचारीलाई २० लाख २३ हजार ६०० कित्ता शेयर निष्काशन गर्नेछ । कम्पनीले सिन्धुपाल्चोकको चाँखु खोलामा २२.२ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आइपिओले इक्रा नेपालबाट ग्रेड ४ को रेटिंग पाएको छ । यसले कम्पनीको वित्तयि अवस्था औषत रहेको जनाउछ ।