जनसेवी लघुवित्तको आईपिओ प्रस्ताव परिमार्जन, अब ४३ हजार कित्ता बढी शेयर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 13, 2019 | 07:57:09 PM मा प्रकाशित

laxmi  sunrise bank

जनसेवी लघुवित्त वित्तीय संस्थाको आईपिओ प्रस्ताव परिमार्जन भएको छ ।  धितोपत्र बोर्डको निर्देशन अनुरुप बाफिया ऐन अनुसार कम्पनीको आईपीओ प्रस्ताव परिमार्जन भएको हो  ।  

कम्पनीले यस अघि सर्वसाधारणको लागि ४ करोड २० लाख बराबरको  ४ लाख २० हजार कित्ता शेयर निष्काशन गर्नको लागि अनुमति माग गरेको थियो  । अब कम्पनीले बाफिया अनुसार प्रस्ताव परिमार्जन गर्दै ४३ हजार ३ सय थप कित्ता शेयर निष्काशन गर्ने भएको हो  ।  अब कम्पनीले सर्वसाधारणको लागि ४ करोड ६३ लाख ३० हजार बराबरको ४ लाख ६३ हजार ३ सय कित्ता आईपिओ निष्काशन गर्न लागेको हो  ।  बोर्डबाट अनुमति पाएपछि कम्पनीले उक्त शेयर निष्काशन गर्ने छ  ।  

शेयर निष्काशनको लागि एनएमबि क्यापिटल लिमिटेड बिक्रि प्रबन्धक रहेको छ ।  

जनसेवी लघुवितले २०७२ आश्विन १२ गते नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त गरी २०७२ कार्तिक २२ गते पर्वत जिल्लाको कुस्माबाट कारोवार सञ्चालन सुरु गरेको हो। हाल कम्पनीको पर्वत, बाग्लुङ्ग, म्याग्दी, गुल्मी, रुकुम, रोल्पा, कास्की, तनहूँ, लम्जुङ्ग र गोर्खा गरी १० जिल्ला कार्यक्षेत्र रहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved