आईपिओ निष्काशन गर्न लागेको गणपति माइक्रोफाइनान्सले पायो ग्रेड ४ को रेटिंङ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 29, 2019 | 09:09:00 AM मा प्रकाशित

laxmi  sunrise bank

आईपिओ निष्काशन गर्न लागेको गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले ग्रेड ४ को रेटिंग पाएको छ । इक्रा नेपालले कम्पनीको आईपिओलाई ग्रेड ४ को रेटिंग दिएको हो । यसले कम्पनीको आधारभूत पक्षलाई औषतभन्दा तल रहेको बुझाउँछ ।  


माइक्रोफाइनान्सले ३ लाख ३५ हजार कित्ता आईपिओ निष्काशनको अनुमति माग गरेको हो । कम्पनीले पुस २ गते अनुमति माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको हो  । शेयर निष्काशनको लागि कम्पनीले एनआईबिएल एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

गणपति माइक्रोफाइनान्सको अधिकृत पूँजी रु.२० करोड, जारी पूँजी रु.१० करोड र चुक्ता पूँजी रु.७ करोड रहेकोछ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात संस्थाको चुक्ता पूँजी रु.१० करोड ३५ लाख हुनेछ । 

राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले २०७३ मंसीर २४ गतेदेखि आफ्नो वित्तीय कारोवारको शुुभारम्भ गरेको हो । कम्पनीको मुख्य कार्यालय  दुलेगौढा, तनहुँमा रहेको छ ।  हाल कम्पनीको २० वटा शाखा रहेका छन् ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved