नागरिक लगानी कोषको लाभांश घोषणा, कति दिने भयो बोनस ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 13, 2019 | 11:11:51 AM मा प्रकाशित

laxmi  sunrise bank

नागरिक लगानी कोषले लाभांश घोषणा गरेको छ  । कोषको बुधबार सम्पन्न संचालक समितिको बैठकले लगानीकर्तालाई गत बर्षको मुनाफाबाट २२ प्रतिशत बोनस र कर प्रयोजनको लागि १.१६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो  ।

कोषले २२ प्रतिशतले हुन् आउने २४ करोड २५ लाख १७ हजार ४ सय ६४ रुपियाँ बराबरको बोनस र कर प्रयोजनको लागि १.१६ प्रतिशतले हुन् आउने १ करोड २७ लाख ६४ हजार ७७ रुपियाँ बराबरको नगद लाभांश वितरणको प्रस्ताव गरेको हो  । कोषको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ  । 

हाल कोषको पुंजी १ अर्ब १० करोड रहेको छ । सरकारले कोषको अधिकृत पुंजी ८ अर्ब र चुक्ता पुंजी ३ अर्ब कायम गर्ने विधयेक संसदमा पेश गरिसकेको छ  । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved