कहिले बाँडफांड हुने भयो जनसेवी लघुवित्त र स्वाभिमान माइक्रोफाइनान्सको आईपिओ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 17, 2019 | 11:52:25 AM मा प्रकाशित

laxmi  sunrise bank

जनसेवी लघुवित्तले निष्काशन गरेको आईपिओ सोमबार बाँडफांड हुने भएको छ । बिक्रि प्रबन्धक एनएमबि क्यापिटलले सोमबार शेयर बाँडफांड हुने जानकारी दिएको हो । 

आईपिओमा ३ लाख ३५ हजार ६ सय २१ आवेदकबाट कुल ६१ लाख ४२ हजार ६ सय ४० कित्ताको लागि आवेदन परेको छ । यो माग भन्दा ११.५८ गुणा बढी हो । यद्यपि आवेदन भेरिफाई हुने क्रम मै रहेकोले यो संख्या तल माथि हुन् सक्ने छ  ।  

जनसेवीले बैशाख २७ गतेदेखि ४ करोड ६३ लाख ३० हजार बराबरको ४ लाख ६३ हजार ३ सय कित्ता आईपिओ निष्काशन गरेको हो । जस मध्ये २३ हजार क सय ६५ कित्ता सामुहिक लगानी कोषको लागि र ७ हजार १ सय ४५ कित्ता कर्मचारीको लागि छुट्याइएको छ ।  बाँकि रहेको ४ लाख ३२ हजार ९ सय ९० कित्ताको सर्वसाधारणले आवेदन दिएका हुन् । 

जनसेवी लघुवितले २०७२ आश्विन १२ गते नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त गरी २०७२ कार्तिक २२ गते पर्वत जिल्लाको कुस्माबाट कारोवार सञ्चालन सुरु गरेको हो। हाल कम्पनीको पर्वत, बाग्लुङ्ग, म्याग्दी, गुल्मी, रुकुम, रोल्पा, कास्की, तनहूँ, लम्जुङ्ग र गोर्खा गरी १० जिल्ला कार्यक्षेत्र रहेको छ ।  

त्यस्तै बैशाख २७ देखि नै आईपिओ निष्काशन गरेको स्वाभिमान माइक्रोफाइनान्सको आईपिओ आइतबार बाँडफांड हुने भएको छ । बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले आइतबार बिहान १० बजे शेयर बाँडफांड हुने जानकारी दिएको हो ।

आईपिओमा ३ लाख २९ हजार ५ सय ९० आवेकबाट ६२ लाख २ हजार २ सय ३० कित्ता को लागि आवेदन परेको छ ।  यो कुल माग भन्दा ३३,४१  गुणा बढी हो ।  यद्यपि आवेदन भेरिफाई हुने क्रम मै रहेकोले यो संख्या तल माथि हुन् सक्ने छ  ।  

स्वाभिमान लघुवित्तले १ लाख ९८ हजार ६ सय १० कित्ता आईपिओ निष्काशन गरेको हो । जस मध्ये ३ हजार ९३ कित्ता कर्मचारीको लागि र ९ हजार ९ सय ३० कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ  । बाँकि रहेको १ लाख ८५ हजार ५ सय ८७ कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन  । 

रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको कम्पनीको हाल चुक्ता पुंजी  ४ करोड २० लाख रुपैयाँ छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved