त्रिशुली जलविद्युतको आईपिओ विश्लेषण: यस्तो छ कम्पनीको दाबी र वास्तविकता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 21, 2019 | 12:45:20 PM मा प्रकाशित

laxmi  sunrise bank

जनताको जलविद्युत कार्यक्रम अन्तर्गत त्रिशुली जलविद्युत कम्पनी लिमिटेडले आज चैत्र ७ गतेदेखि आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले ३७ मेगावाटको माथिल्लो त्रिशुली थ्री बि आयोजना निर्माण गरिरहेको छ । शुरुमा १० प्रतिशत अर्थात १० रुपैयाँ मात्र बुझाए हुने यस कम्पनीको शेयर वापतको बाँकी रकम कम्पनीले माग गरेको बखत बुझाउनुपर्नेछ । बिक्री भएको धितोपत्र कारोबारयोग्य नहुँदासम्मको लागि वार्षिक ८ प्रतिशत ब्याज दिने व्यवस्था रहेको छ । उक्त व्याज रकम पछि चुक्ता गर्नुपर्ने रकममा मिलान गर्न सकिनेछ । सम्पूर्ण रकम चुक्ता नभएसम्म खरिद-बिक्रीमा बन्देज रहने छ ।

कम्पनीबारे जानकारी 

विषय 

विवरण

जारी पूँजी

२ अर्ब ४७ करोड

जारी हुने कित्ता

३७ करोड ५ हजार

आयोजनाको कुल लागत

८ अर्व २२ करोड (निर्माण अवधिको व्याज सहित)  

प्रतिमेगावाट लागत

२२ करोड २३ लाख

जडित क्षमता

३७ मेगावाट

ग्रिड कनेक्सन

त्रिशुली हब

प्रतिशेयर नेटवर्थ (आव २०७४/७५)

रु. ९१.१४

व्यापारिक उत्पादन मिति

२०७८ फाल्गुन १७ गते

मूल्य वृद्धि

व्यापारिक उत्पादन शुरु हुने मितिबाट १ वर्ष पुगेको महिनाको लगत्तै पछिको महिनादेखि लागु हुनेगरी वर्षको ३ प्रतिशतका दरले ८ पटकसम्म

व्यापारिक उत्पादन शुरु हुने मिति कायम भएको महिना लगत्तै पछिको महिनालाई पहिलो महिना मानी अवधि गणना हुने आधारमा ९७औं

हिउँदमा १०.४२ रु. र वर्खामा रु. ५.९५

वार्षिक उर्जा

२९ करोड २५ लाख युनिट

हिउँद

उल्लेख नभएको

वर्खा

उल्लेख नभएको  

प्रसारण लाइन

विद्युतगृहबाट त्रिशुली हबसम्म ३ किमि

आवेदन खुल्ने मिति

२०७५ चैत्र ७ गते

आवेदन दिने अन्तिम मिति

छिटोमा फागुन चैत्र ११ गते २०७६ बैशाख ६ गते

अधिकतम आवेदन गर्न सकिने कित्ता

८०,००० कित्ता

न्यूनतम आवेदन गर्न सकिने कित्ता

१०० कित्ता

रेटिंग

छुट प्राप्त

बुझाउनुपर्ने रकम

प्रतिकित्ता १० रुपैयाँका दरले 


पूँजीको उपयोग

कम्पनीले शेयरबाट प्राप्त हुने रकम निम्न बमोजिम खर्च गर्ने प्रस्ताव गरेको छ ।

शिर्षक

रकम

आयोजना निर्माण कार्य (सिभिल, इलेक्ट्रोमेकानिकल हाइड्रोमेकानिकल तथा ट्रान्समिसन लाइनको कार्यमा)

२,५९,३५,०००

परामर्श सेवा

७४,१०,०००

प्रशासनिक खर्च

३७,९५,०००

जम्मा

३,७०,५०,०००


नाफा-नोक्सान

आयोजना निर्माणको क्रममा रहेको हुँदा आम्दानी कम्पनीले व्यापारिक उत्पादन शुरु गरेको छैन । कम्पनीको आर्थिक वर्ष २०७४/७५ को परिष्कृत वित्तीय विवरण अनुसार १ करोड २१ लाख संचित घाटामा रहेको छ  । कम्पनीले प्रवर्द्धन गरेको आयोजना निर्माणाधीन अवस्थामा रहेको हुँदा आम्दानी शून्य रहको तर प्रशासनिक खर्चले गर्दा संचित घाटामा देखिएको हो ।

यो पनि: लागत होइन युनिट हेरौ, सुरुमा १५ प्रतिशतसम्म लाभांश दिन सक्छौ: एमडी, त्रिशुलीहाइड्रो (अन्तवार्ता)

प्रक्षेपित नाफा-नोक्सान

कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा व्यापारिक उत्पादन गर्ने लक्ष्य निर्धारण गरेको छ । उक्त वर्ष ७७ करोडको बिक्रि आम्दानी हुने र सबै खर्च कटाएर २७ करोड २४ लाख नाफा गर्ने प्रक्षेपण गरेको छ । यसै साल संचित घाटा पुरा भइ नेटवर्थ १ सय ५ हुने अनुमान पेश गरेको छ । आर्थिक वर्ष २०७९/८० मा १ अर्व ९० करोडको विद्युत बिक्री हुने अनुमान रहेको छ । यस वर्ष सबै खर्च कटाएर लाभांश समेत वितरण गरी ४६ करोड ५० लाख संचित नाफा हुने अनुमान गरेको छ । यसै आर्थिक वर्षमा १५ प्रतिशत लाभांश बाँड्न सक्ने अनुमान गरेको छ ।

प्रक्षेपण र वास्तविकता

कम्पनीको प्रक्षेपण हेर्दा अति महत्वाकांक्षी लाग्छ । माथिल्लो त्रिशुली थ्री ‘ए’ को क्यास्केड आयोजना भए पनि लागत अधिक देखिएको छ । इन्टेक लगायतका कुनै पनि संरचना निर्माण गर्नु नपर्ने आयोजनाले निर्माण लागत अधिक देखाएकोले लगानीकर्तालाइ आकर्षण दिनकै लागि अति महत्वाकांक्षी आय विवरण पेश गरेको जस्तो देखिन्छ । लगभग आधा संरचना निर्माण गर्नु नपर्ने भए पनि ३ वर्षको निर्माण समय लिईएको छ । बढी समय र महँगो लागत भए पनि आय विवरणमा राम्रैसँग ‘विन्डो ड्रेसिंग’ देखिएको छ । प्रस्तावित लाभांश पनि शंकाको घेरामा रहेको छ । पहिलो कुरा त यसको उर्जाको अंक नै विश्वासिलो देखिन्न । उर्जाको अंक नै विश्वासिलो नभए पछि बिक्री आम्दानी पनि शंकाको घेरामा पर्छ । प्रक्षेपण गरिएको वित्तीय विवरणमा ब्याज खर्च झन्डै ५२ करोड हुने देखाइएको छ । ऋणको अंक ५ अर्व रहेको छ । ऋणको व्याजदर औसत १० प्रतिशत आधार लिइएको छ । ऋणको व्याज, प्रशासनिक खर्च र लाभांश पनि दिएर ४६ करोड बचत (संचित) हुने प्रक्षेपणमा ऋणको किस्ता रकम कति हो उल्लेख छैन । 

लगानी निर्णय

शेयर लगानी गरेर आजको भोलि फाइदा लिईहाल्छु भन्नेको लागि यसमा लगानी गर्नु उपयुक्त नहुन सक्छ । यसको सूचीकरण तत्काल हुने छैन । तर सूचीकरण नहुन्जेल ८ प्रतिशत व्याज दिने भनिएको छ । त्यतिबेलासम्म प्राप्त हुने व्याज रकम पूँजीकृत हुनेछ अर्थात बुझाउन बाँकी रहेको ९० प्रतिशत रकममा कटाउन सकिनेछ । व्याजले नधानेको रकम भने शेयरधनीले बुझाउनुपर्नेछ । कथम माग गरेको बखत शेयरधनीले बुझाउन नसकेमा बुझाएको रकम बराबरको शेयर कित्ता कायम गरि बाँकी शेयर कम्पनीले जफत गरि लिलामी गर्नेछ । तर यसमा विशेष प्रवन्ध अपनाएमा जफत नहुन पनि सक्छ । तर सामान्य सिद्धान्त अनुसार भने जफत हुन्छ । उदाहरणको लागि कुनै व्यक्तिले १ सय कित्ताको लागि आवेदन गर्यो र त्यति नै बाँडफाँडमा परेमा पछि माग भएको बेला बाँकी ९ हजार बुझाएमा उसको पुरा कित्ता संख्या १ सय हुनेछ । र मानौं एक वर्ष पछि यस्तो रकम माग भएमा वर्षको ८ प्रतिशत व्याजको हिसाबले शुरुमा बुझाइएको १ हजारको व्याज रकम ८० रुपैयाँ हुनेछ । माग हुँदा यो ८० रुपैयाँ रकम कटाएर बाँकी ८ हजार ९ सय २० रुपैयाँ बुझाउनुपर्ने हुन्छ ।

यो विश्लेषण कम्पनीले प्रकाशन गरेको विवरणपत्र, कम्पनीको वेवसाइट, अनौपचारिक जानकारी र अन्य प्रकाशित समाचारलाइ आधार मानेर पारिएको हो । यसले लगानी गर्न वा नगर्न कुनै सल्लाह दिंदैन । लगानी निर्णय आफ्नै हुन्छ । नेपाल स्टक एक्सचेन्जमा यसको कारोबार कहिलेबाट शुरु हुन्छ अनिश्चित छ । अहिल्यै कारोबार नखुल्ने र कुनै प्रकारले हक हस्तान्तरण गर्न नसकिने हुँदा यसमा लगानी गर्दा आफ्नो अनुकुलता लगानी गहन गर्न सक्ने क्षमता आदिको बारेमा आफैले स्वविश्लेषण गर्नु जरुरी हुन्छ । यो पूर्ण विश्लेषण हैन, विश्लेषण गर्न सहयोग मात्र गर्छ । 

यो पनि : 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved