लाभकर विवादमा मन्त्रालयमा जुटेन सहमति, मंगलबार फेरी बैठक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 22, 2019 | 05:04:19 PM मा प्रकाशित

laxmi  sunrise bank

भारित औसत लाभकर गणनामा देखिएको समस्या समाधान गर्ने उदेश्यले सोमबार बसेको सरोकारवालाहरुको बैठक पनि बिना निष्कर्ष टुंगिएको छ। सोमबार लगानीकर्ता-सिडीएससी, सिडीएस-नेप्से- धितोपत्र बोर्डको छुट्टाछुट्टै बैठक बस्यो । साथै मन्त्रालयमा समेत सबै सरोकारवालाको बैठक बस्यो । तर निकाश भने निस्किएँन 

अर्थ मन्त्रालयमा राजश्व सचिव लाल शंकर घिमिरेले सम्पूर्ण सरोकारवालाहरुको बैठक बोलाएका थिए  ।तर बैठकले केहि निर्णय गर्न सकेन।  यो समस्या समाधान मंगलबार  महालेखापरीक्षकको कार्यालय र आन्तरिक राजश्व विभागका प्रतिनिधि समेत राखेर पुन बैठक बस्ने सहमति भएको बैठकमा सहभागी भएकी नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले जानकारी दिईन ।

मंगलबारको बैठकले भारित औसत लागत निर्धारणको लागि कट अफ मूल्य तोक्ने सम्भावना रहेको छ । कट मिति तोकिए हालको समस्या समाधान हुने नेप्से, धितोपत्र बोर्ड, सिडीएस र लगानीकर्ताको बिश्वास छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved