पूँजीगत लाभकरको विवाद चाँडो सल्टाउन अर्थमन्त्रालयको निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 21, 2019 | 11:51:42 AM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्रालयले पूँजीगत लाभकरको विवादलाई जतीसक्दो चाँडो सल्टाउन निर्देशन दिएको छ। राजस्व सचिव लाल शंकर घिमिरेसंगको छलफलमा लाभकरको विवाद सल्ट्याउन निर्देशनात्मक सुझाब आएको नेपाल स्टक एक्सचेन्जका अध्यक्ष लक्ष्मण न्यौपानेले बताए। 

आन्तरिक राजश्व बिभागसंग समन्वय गरेर लाभकरको विवाद सल्ट्याउने निर्देशन भएको न्यौपानेले बिजपाटीलाई बताए। अर्थमन्त्रालयमा छलफल सकेर बाहिर निस्किने क्रममा न्यौपानेले अब सरोकारवालासंग छलफल गरेर विवाद सल्ट्याउने बताए। 

'यो समस्या कुनै एउटाको नभई सबै सरोकारवालाको भएकाले सबैसंग छलफल गरेर विवाद सल्ट्याउने हो' उनले भने, 'अब सरोकारवालासंग छलफल हुन्छ र समाधान निस्किन्छ।' करको विवाद आए पछि न्यौपाने आज अर्थमन्त्रालय पुगेका थिए।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved