भारित औसत लाभकर विवाद: सबैलाई मान्य हुने समाधान पेश गर्न मन्त्रालयको निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 21, 2019 | 01:54:35 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्रालयले पूँजीगत लाभकरको विवादलाई जतीसक्दो चाँडो सल्टाउन निर्देशन दिएको छ। राजस्व सचिव लाल शंकर घिमिरेसंगको छलफलमा लाभकरको विवाद सल्ट्याउन निर्देशनात्मक सुझाब आएको नेपाल स्टक एक्सचेन्जका अध्यक्ष लक्ष्मण न्यौपानेले बताए। 

अध्यक्ष न्यौपानेलाई सचिव घिमिरेले अहिलेको विवादको समाधान सहित आउँन भनेका हुन्। सबै सरोकारवाला संग छलफल गरेर सबैलाई मान्य हुने हिसाबको समाधान निकाल्न घिमिरेले निर्देशन दिएका हुन् । 

'यो समस्या कुनै एउटाको नभई सबै सरोकारवालाको भएकाले सबैसंग छलफल गरेर विवाद सल्ट्याउने हो' उनले भने, 'अब सरोकारवालासंग छलफल हुन्छ र समाधान निस्किन्छ।' मन्त्रालयबाट निर्देशन आएपछि आज धितोपत्र बोर्ड, सिडीएस, नेप्सेको विभिन्न चरणमा छलफल भईरहेको छ ।

उता सचिव घिमिरेले सोमबार १२ बजेसम्ममा केहि न केहि निकास ल्याउने आश्वासन दिएका छन् । लगानीकर्ताहरुसंगको भेटमा उनले विवाद समाधानको लागि छलफल भईरहेको जनाउदै माग जाहेज भए सोमबार १२ बजेसम्ममा केहि निकास निस्कने जानकारी दिएको छलफलमा सहभागी एक लगानीकर्ताले बताए । सिडीएसमा छलफल गरेर ४ वटै लगानीकर्ता संघका अध्यक्षहरु सचिव घिमिरेलाई भेट्न पुगेका थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved