आइतबार नेपालको पुँजीबजारको इतिहास मै सबैभन्दा बढी रकमको कारोबार भएको छ । आइतबार ३ अर्ब ६० करोड ८५ लाख २६ हजार ३ सय ५४ रुपैयाँ बराबरको कारोबार भएको हो । यस अघिको उच्च कारोबार २ अर्ब ७८ करोड ५० लाख रुपैयाँ थियो ।
आज नेप्से सूचक ६९.५६ अंक अर्थात् ४.८५ अंकले बढेको छ । यस संगै नेप्से सूचक १५०४.१४ को बिन्दुमा पुगेको छ ।
आज १७८ कम्पनीका ८७ लाख ६९ हजार ५ सय २२ कित्ता शेयर खरिद बिक्रि भएको छ ।आज कारोबारमा आएका मध्ये १४२ कम्पनीको शेयर मूल्य बढेको छ । जस मध्ये १२ कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।
त्यस्तै आज २७ कम्पनीको शेयर मूल्य भने घटेको छ । बाँकि ९ कम्पनीको शेयर मूल्यमा भने कुनै परिवातन भएको छैन ।