'नक्कली बजार' खडा गरि नेपाल बैंकको सेयर कारोबार गर्नेमाथि कारबाही सुरु

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Sep 30, 2018 | 02:48:53 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंकको एफपीओमा नबिकेको सेयर अन्डरराइटर कम्पनीहरुले (सेयर प्रत्याभूतकर्ता) अबैध बाटोबाट बिक्रि गरेको पाइएपछि उनीहरुमाथि कारबाही अगाडी बढेको छ। सेयर कारोबारको प्रणालीलाई नै बाइपास गरि नेपाल बैंकको सेयर कारोबार भएको पाइएपछि कारबाही प्रकृया अगाडी बढाईएको नियामक नेपाल धितोपत्र बोर्डले जनाएको छ। 

'सब-अन्डरराइटर खडा गरि उनीहरुलाई नेपाल बैंकको अन्डरराइट सेयर बिक्रि गरिएको भन्ने जानकारीमा आएको छ, प्रकृया बाहिर गएर सेयर कारोबार गर्ने छुट कसैलाई छैन, कारबाही प्रक्रिया अगाडी बढाउन छुट्टै टिम बनाएर यसको अध्ययन अनुसन्धान सुरु भईसकेको छ' धितोपत्र बोर्डका प्रवक्ता निरज गिरिले बिजपाटीलाई बताए। 

प्रवक्ता गिरिका अनुसार अन्डरराइटरलाई सब-अन्डरराइटर खडा गरि उनीहरुलाई सम्बन्धित कम्पनीको सेयर बिक्रि गर्न पाउने कुनै कानुन छैन। सेयर कारोबारको प्रणालीलाई नै बाइपास गरेर गरीएको यस प्रकारको कारोबारलाई धितोपत्र बोर्डले गम्भीरता पुर्वक लिएको र गहिराईमा पुगेर अनुसन्धान गरि कारबाही गरिने उनले बताए।

बोर्डले नेपाल बैंक, बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटल र अन्डरराइटर कम्पनीहरुमाथि कारबाही थालेको हो। प्राथमिक बजार वा दोस्रो बजारबाट मात्रै सेयर कारोबार हुनुपर्नेमा 'नक्कली बजार' खडा गरि उनीहरुले बैंकको सेयर कारोबार गरेपछि बोर्डको कारबाहीमा परेका हुन। 

प्राथमिक बजार वा दोस्रो बजारबाट मात्रै सेयर कारोबार हुनुपर्नेमा यिनीहरुले अबैध बाटो रोजेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। यसरि कारोबार हुँदा नेप्से, ब्रोकर, धितोपत्र बोर्ड लगायतका ले पाउनुपर्ने कमिशन पाएनन भने राज्यले समेत राजश्व गुमाएको छ।

अन्डरराइटर कम्पनीहरुहरुले आफ्नो हिस्साको सेयर दोस्रो बजारबाट बिक्रि गर्न पाउने बिकल्प र लिलामबाट बिक्रि गर्न पाउने बिकल्पलाई समेत बाइपास गरेर नक्कली बजार खडा गरि कारोबार गरेको शेयरबजारका जानकारहरुको भनाई छ। तर बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटल, अन्डरराइटर कम्पनी र नेपाल बैंकका अधिकारिहरुले भने बिजपाटीसंगको कुराकानीमा आफुहरुले नियम मै रहेर कारोबार गरेको 'झुटो' दाबि गरेका छन।  

करिब ३ बर्ष अघि पनि एनएमबि क्यापिटलले भार्गब बिकास बैंकको सेयर सकार्नुपरेको थियो। एनएमबि क्यापिटलले उक्त सेयर सकारेको झन्डै दुई बर्षपछि उक्त सेयर लिलाम बढाबढ मार्फत नै बिक्रि गरेको थियो।

नेपाल बैंकले १ सय रुपैयाँ आधार मुल्यमा १८० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २८० रुपैयाँमा १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता बिक्रीमा ल्याएको थियो। यसमध्ये ९३ लाख ७५ हजार ७५० कित्ता सेयरमा मात्र बाँडफाँट भएको हो । बाँकी ८३ लाख ९ हजार १०८ कित्ता सेयर ८ वटा अन्डरराइटर सीबीआईएल क्यापिटल लिमिटेड, ग्लोबल आईएमई क्यापिटल लिमिटेड, आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड, एनआईबीएल एस क्यापिटल लिमिटेड, सिभिल क्यापिटल लिमिटेड, सनराइज क्यापिटल लिमिटेड, लक्ष्मी क्यापिटल मार्केट्स लिमिटेड, सानिमा क्यापिटल लिमिटेडले  सकारेका थिए। 

 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved