पुष १७ को रणनीति: एनआईसी एसिया सहित ५ बैंकको सेयर 'फेयर कम्पनी' को सुचिमा, लगानीकर्ताले कसरि फाइदा उठाउने ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 01, 2019 | 11:54:17 AM मा प्रकाशित

laxmi  sunrise bank

दोहोरो अंकको गिरावटसंगै सुरु भएको यो साताको सेयरकारोबारलाई सोमबारको कारोबारले पनि पछ्याएको छ। सोमबारको कारोबारमा बजार परिसूचक नेप्से १७.२६ अंकले घटेर ११८७.२८ को बिन्दुमा ओर्लिएको छ। 

१२०४.६८ को बिन्दुबाट सुरु भएको सोमबारको कारोबारमा नेप्से १२०७.२४ को बिन्दुमा पुगेको थियो। तर उक्त वृद्धि आधा घण्टापनि टिक्न पाएन र बजार दोहोरो अंकले घट्न पुग्यो। अघिल्लो दिनको तुलनामा कारोबार रकम र भोलुममा सामान्य गिरावट देखिएको छ।  

सोमबारको बजारमा समुहगतरुपमा उत्पादन हाइड्रोपावर र फाइनान्सले केहि अंक बटुल्न सफल भए भने अन्य उपसुचकहरुले गुमाए। सबैभन्दा बढी उत्पादन समुह ७।१३ अंकले बढेको छ भने सबैभन्दा बढी निर्जिबन बीमाको समुहले १६० अंक गुमाएको छ। 

क्षेत्रगत तुलनामा अपि हाइड्रोपावर Api Power Company Limited र महुली सामुदायिक लघुवित्त वित्तीय संस्था Mahuli Samudayak Laghubitta Bittiya Sanstha Limited  को पर्फर्मेंश कम्जोर देखिएको छ।  जबकि Jebils Finance Limited , Shangrila Development Bank Limited को तुलनात्मक रुपमा पर्फर्मेंश राम्रो रह्यो। Sindhu Bikas Bank Limited Swadeshi Laghubitta Bittiya Sanstha Limited को सेयरमा सोमबारको कारोबारमा धेरै उतार चढाब देखियो। 

Source: KCL ASTUTE CAPITAL RESEARCH TEAM




मंगलबारका मुख्य समाचार:

-सानिमा बैंकको '१०% सानिमा डिबेन्चर २०८५' बिक्रि बन्द, ऋणपत्र अझै बिक्रि हुन बाँकी 

-सबैको लघुवित्तको दोस्रो साधारणसभाबाट साधारण सेयर निष्काशन गर्ने निर्णय  

-नेपाल क्रेडिट एण्ड कमर्श बैंकको शाखा तानेसन नगरपालिका १४ अर्गली पाल्पामा संचालन

-ग्लोबल आइएमईको शाखा तानसेन र पुर्बखोला पाल्पामा संचालनमा 

-सनराइज क्यापिटलद्वारा २० प्रतिशत नगद लाभांश घोषणा, २८ पुष २०७५ को बार्षिक साधारणसभा 

-हिमालयन बैंकको ५ प्रतिशत बोनस र मेगा बैंकको १.००२३३ प्रतिशत बोनस सेयर पश्चातको सेयर मुल्य समायोजन 

-पुर्णिमा विकास बैंकको ५ प्रतिशत बोनस सेयर र महुली सामुदायिक लघुवित्तको २० प्रतिशत बोनस सेयर पश्चातको सेयर मुल्य समायोजन 

आजका महत्त्वपूर्ण घटना 

-युनिभर्शल पावर कम्पनीको २१ लाख ३५० कित्ता साधारण सेयर स्थानीयका लागि बिक्रि खुला 

-सिटिजन बैंकको १२ औं बार्षिक साधारणसभाको लागि  बुक क्लोज






ट्रेडेड स्क्रिप्ट स्त्याट्स अन्तर्गत तपाइँहरुले सम्बन्धित दिनमा कुल कारोबार भएका कम्पनीहरु र तिनीहरुको सेयर मुल्यको बारे जानकारी लिन सक्नुहुन्छ।

यसमा देखाइएको रातो रंगले कारोबार आएका कुल कम्पनी मध्ये सेयर मुल्य घटेको देखाउछ भने निलो रगले कारोबारमा आएपनि सेयरमुल्यमा कुनै परिवर्तन नआएको जनाउँछ त्यस्तै हरियो रंगले सेयरमुल्य बढेको बुझाउँछ। त्यस्तै कालो रंगले सुचिकृत भएका तर कारोबारमा नआएका कम्पनी भन्ने बुझाउछ




उत्कृष्ट ५ स्क्रिप्ट प्राइसिंग ले हिजोको कारोबारको आधारमा आज कुन कुन कम्पनीको सेयरमुल्य तुलानाताम्क रुपमा बढी मुल्यमा, कम मुल्यमा र फेयर मुल्यमा कारोबार भएको छ भन्ने बुझाउँछ

यसबाट लगानीकर्ताले आफुसंग भएको कम्पनीको सेयर  'अन्डर प्राइस' क्यातोगोरीमा छ भने भोलि यसको मुल्य बढ्न सक्ने प्रक्षेपण गर्न सक्छन भने 'ओभर प्राइस' क्याटोगोरीमा भएका कम्पनीको सेयर मुल्य भोलिका दिन घट्न सक्छ आजै बेचेर प्रोफिट बुक गर्दा बढी फाइदा लिन सकिन्छ भन्ने बुझाउछ। 

जस्तो आजको यस टेबलमा  Nepal Credit & Commerce Bank Limited लगायत ५ कम्पनीको सेयर मुल्य ओभर प्राइस भएको देखिन्छ।   यी कम्पनीका सेयर बढी मुल्य मा कारोबार भएका छन र आफुसंग छ भने बेचेर प्रोफिट गर्न सकिन्छ र आफुसंग छैन भने अहिले यो सेयर किन्नलाई महँगो पर्न जान्छ भन्ने बुझाउछ।








आउटलुकको अर्थ आज सेयर बजारको रुप कस्तो हुन्छ, बजार घट्छ वा बढ्छ भन्ने एउटा प्रक्षेपणको सूचक मात्र हो। यसमा देखाइएको रातो रंगले बजार आज घट्न सक्छ भन्ने बुझाउछ भने हरियोले बढ्न सक्छ भन्ने बुझाउँछ। आजको कारोबारमा नेप्से परिसूचक घट्ने प्रक्षेपण गरिएको छ।

नोट:

बजार संक्षेप (मार्केट समरी) समयमै अपडेट भएका बजारका सूचकहरुलाई आधार मानेर तयार गरिएको हो। अघिल्लो दिनको कारोबारको आधारमा सम्बन्धित दिनको बजार संक्षेप तयार गरिएको हो। जानकारी र यसमा उल्लेख तथ्यांक सेयर लगानीकर्तालाई लगानीको निर्णय लिनलाई सहज होस भन्ने उदेश्यले मात्र प्रकाशन गरिएको हो तर यसमा उल्लेख सूचना जानकारी र सुझाबहरु नै सबैथोक होइनन। 

यस बजार संक्षेपमा उल्लेख सूचना र जानकारीको आधारमा गरिएका लगानीको निर्णय र त्यसको प्रभाबबारे केसीएल अस्टुट क्यापिटल र बिजपाटी डटकम उत्तरदायी हुने छैनन।

Source: KCL ASTUTE CAPITAL RESEARCH TEAM

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved