माघ ६ को लगानी रणनीति: यी ५ कम्पनीको सेयर बेच्दा फाइदा उठाउन सकिन्छ!

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 20, 2019 | 12:32:19 AM मा प्रकाशित

laxmi  sunrise bank

बजार संक्षेप 

गत साता कारोबारको अन्तिम दिन बिहिबार बजार परिसुचक नेप्से ०।२० अंकले घटेर ११८७।७७ को बिन्दुमा ओर्लिएको छ। झिनो अंकले परिसूचक ओरालो लाग्दा कारोबार रकम समेत अघिल्लो दिनको तुलनामा सामान्य घटेको छ। 

तीन उपसूचक हाइड्रोपावर, माइक्रोफाइनान्स र अन्य समुह बढेका क्रमश ४०।८१, ९।२६ र २।४८ अंकले बढेका छन भने निर्जिबन बीमा , जीवन बिमा र बैंकिङ सूचक ओरालो लागे। 

हिमालयन पार्टरन पावर, आन्खु खोला जलबिद्युत कम्पनी लिमिटेड र पन्चकन्या माइहाइड्रोको सेयरको पर्फर्मेन्स आफ्नो समुहमा कम्जोर रह्यो भने अपर तपामोशी, एकसेल डेभलपमेन्ट बैंक र सुर्योदय लघुवित्त वित्तीय संस्थाको पर्फर्मेन्स राम्रो रह्यो । 

त्यस्तै सेन्चुरी कमर्शियल बैक , नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेड र वोमी माइक्रोफाइनान्सको सेयरमा बिहिबारको कारोबारमा तिब्र उतारचढाब रह्यो। 

बिहिबारको कारोबारमा अपर तामाकोशीको सेयर मुल्य १० प्रतिशतले बढेर सर्किट लागेको छ भने जोशी हाइड्रोको सेयर घटेर सर्किट लागेको छ। त्यस्तै नेपाल बैंकले लाभांश वितरण गर्ने बिषय अहिलेलाई टरेको छ। नेपाल राष्ट्र बैकको निर्देशनसंगै बैंकले रेगुलेटरी रिजर्भ छुट्याउनु पर्ने भएसंगै लाभांश वितरण टरेको हो। बैंकले हालै मात्र ३ अर्ब १८ करोडको आइपीओ जारि गरेको नेपाल बैंकले पछिल्लो २१ बर्षदेखि लाभांश वितरण गर्न सकेको छैन। यद्दपी बैंकका प्रमुख कार्यकारी लगायतले यस बर्ष बैंकले गत आर्थिक बर्षको कमाईबाट राम्रै लाभांश दिने बताईरहेका थिए।  तर बैंकले लाभांश दिन नसक्ने भएसंगै यसको सेयरको मुल्यमा तिब्र गिरावट आउन सक्ने देखिन्छ।   




महत्त्वपूर्ण बजार समचार 

-एभरेष्ट बैक लिमिटेडको दोस्रो त्रैमासको खुद मुनाफा १ अर्ब ४३ करोड, वितरणयोग्य मुनाफा १ अर्ब ४ करोड

-एनआईसी एसियाको  ४ अर्बको '१० प्रतिशत एनआईसी एसिया डिबेन्चर २०८५/८६'  माघ १३ देखि बिक्रि खुला 

-डीस होमले चुक्तापुंजीको १० प्रतिशत आइपीओ आगामी बर्ष सर्वसाधारणमा बिक्रि गर्ने 

-रिलायन्स फाइनान्सलप आठौँ, नवौ साधारणसभामा अझै ढिलाई, संस्थापक तर्फको १ लाख ८९ हजार कित्ता सेयर बिक्रि हुन बाँकी 

-वोमी माइक्रोफाइनान्सको दोस्रो त्रैमासको खुद मुनाफामा करिब ४२ प्रतिशतको वृद्धि, खुद मुनापा २ करोड ६२ लाख 

आजका महत्वपूर्ण घटना 

-पांचथर पावर कम्पनी लिमिटेडको ९ लाख ६२ हजार ५०० कित्ता आइपीओ स्थानीयलाई बिक्रि खुला 

-युनिभर्शल  पावर कम्पनीको २१ लाख ३५० कित्ता आइपीओ आयोजना प्रभावित गौरिशंकार कालिन्चोक र बिगु नगरपालिकाका बासिन्दालाई बिक्रि खुला 

-शिव श्री हाइड्रोपावर लिमिटेडको १४ लाख ७६ हजार ४०० कित्ता आइपीओ स्थानिय सिन्धुपाल्चोकबासिलाई बिक्रि खुला 





उत्कृष्ट ५ स्क्रिप्ट प्राइसिंग ले हिजोको कारोबारको आधारमा आज कुन कुन कम्पनीको सेयरमुल्य तुलानाताम्क रुपमा बढी मुल्यमा, कम मुल्यमा र फेयर मुल्यमा कारोबार भएको छ भन्ने बुझाउँछ।

यसबाट लगानीकर्ताले आफुसंग भएको कम्पनीको सेयर 'अन्डर प्राइस' क्यातोगोरीमा छ भने भोलि यसको मुल्य बढ्न सक्ने प्रक्षेपण गर्न सक्छन भने 'ओभर प्राइस' क्याटोगोरीमा भएका कम्पनीको सेयर मुल्य भोलिका दिन घट्न सक्छ आजै बेचेर प्रोफिट बुक गर्दा बढी फाइदा लिन सकिन्छ भन्ने बुझाउछ।

आजको सेयरकारोबारमा एनसीसी सहित ५ बैंकको सेयरमल्य अन्डरप्राइसको सुचिमा छन। भने स्ट्याण्डर्ड चार्टड सहित ५ बैंकको सेयर महँगो सुचिमामा छन ।a




ट्रेडेड स्क्रिप्ट स्त्याट्स अन्तर्गत तपाइँहरुले सम्बन्धित दिनमा कुल कारोबार भएका कम्पनीहरु र तिनीहरुको सेयर मुल्यको बारे जानकारी लिन सक्नुहुन्छ।

यसमा देखाइएको रातो रंगले कारोबार आएका कुल कम्पनी मध्ये सेयर मुल्य घटेको देखाउछ भने निलो रगले कारोबारमा आएपनि सेयरमुल्यमा कुनै परिवर्तन नआएको जनाउँछ त्यस्तै हरियो रंगले सेयरमुल्य बढेको बुझाउँछ। त्यस्तै कालो रंगले सुचिकृत भएका तर कारोबारमा नआएका कम्पनी भन्ने बुझाउछ।






आउटलुकको अर्थ आज सेयर बजारको रुप कस्तो हुन्छ, बजार घट्छ वा बढ्छ भन्ने एउटा प्रक्षेपणको सूचक मात्र हो। यसमा देखाइएको रातो रंगले बजार आज घट्न सक्छ भन्ने बुझाउछ भने हरियोले बढ्न सक्छ भन्ने बुझाउँछ। आजको कारोबारमा नेप्से परिसूचक घट्ने प्रक्षेपण गरिएको छ।

नोट: बजार संक्षेप (मार्केट समरी) समयमै अपडेट भएका बजारका सूचकहरुलाई आधार मानेर तयार गरिएको हो। अघिल्लो दिनको कारोबारको आधारमा सम्बन्धित दिनको बजार संक्षेप तयार गरिएको हो। जानकारी र यसमा उल्लेख तथ्यांक सेयर लगानीकर्तालाई लगानीको निर्णय लिनलाई सहज होस भन्ने उदेश्यले मात्र प्रकाशन गरिएको हो तर यसमा उल्लेख सूचना जानकारी र सुझाबहरु नै सबैथोक होइनन। यस बजार संक्षेपमा उल्लेख सूचना र जानकारीको आधारमा गरिएका लगानीको निर्णय र त्यसको प्रभाबबारे केसीएल अस्टुट क्यापिटल र बिजपाटी डटकम उत्तरदायी हुने छैनन।

Source: KCL ASTUTE CAPITAL RESEARCH TEAM

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved