फागुन २३ को लगानी रणनीति: माउन्टेन हाइड्रोको आईपिओ खुल्यो, लाभांश बाड्न सुरु गर्दै बुटवल पावर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 07, 2019 | 11:15:26 AM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार शेयर बजार परिसूचक नेप्से ९.१२ अंकले बढेर ११११.७६ को बिन्दुमा पुगेको छ । तर कारोबार रकम भने घटेको छ । १६९ कम्पनीको ८ लाख २६ हजार १३ कित्ता शेयर बिक्रि बाट २२ करोड ४६ लाख बराबरको कारोबार भएको छ । बुधबारको कारोबारमा सबै समुहगत उपसुचक बढेका छन् । जसमा सबै भन्दा बढी जीवन बिमा समुह ९६.१४ अंकले बढेको छ ।

कालिका माइक्रो फाइनान्स, सेन्ट्रल फाइनान्सको मूल्य आफ्नो समुहमा धेरैले घटेको छ भने हाथवे फाइनान्स र रैरांग हाइड्रो पावरको मूल्य आफ्नो समुहमा धेरैले बढेका छन् ।   त्यस्तै नाडेप लघुवित्त, कन्चन डेभलपमेन्ट बैंकको सेयर मुल्यमा बुधबारको सेयर कारोबारमा तिब्र उतारचढाब रह्यो।   

अर्थ मन्त्री युवराज खतिवडाले नेपालमा बाणिज्य बैंकको संख्या धेरै भएकोले मर्ज गरेर घटाउनु पर्ने बताएका छन् । राष्ट्र बैंकका गभर्नर चिरन्जीवी नेपालले राष्ट्र बैंकले अनुकुल वातावरण बनाएकोले अब बैंक तथा वित्तीय संस्थाहरुले काम गरेर देखाउनु पर्ने बताएका छन् ।





 महत्त्वपूर्ण बजार समाचार:

-मिथिला लघुवित्तको हकप्रद भर्ने म्याद थप 

-बुटवल पावरले बिहिबार देखि लगानीकर्ताको बैंक खातामा नगद लाभांश जम्मा गर्दै, शेयर डिम्याट गर्न आग्रह 

-नेशनल लाइफ इन्स्योरेन्सद्वारा १५ चैत्रको लागि साधारणसभा आह्वान

-एशियन लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन 

-सेन्ट्रल फाइनान्सद्वारा ५ चैत्रको लागि साधारणसभा आह्वान 

-शिवम शिवमको आईपिओ बाँडफांड 

 आज बिहिबारको महत्त्वपूर्ण बजार समाचार:

-माउन्टेन हाइड्रोको आईपिओ बिक्रि खुला 








उत्कृष्ट ५ स्क्रिप्ट प्राइसिंग ले हिजोको कारोबारको आधारमा आज कुन कुन कम्पनीको सेयरमुल्य तुलानाताम्क रुपमा बढी मुल्यमा, कम मुल्यमा र फेयर मुल्यमा कारोबार भएको छ भन्ने बुझाउँछ।

यसबाट लगानीकर्ताले आफुसंग भएको कम्पनीको सेयर 'अन्डर प्राइस' क्याटोगोरीमा छ भने भोलि यसको मुल्य बढ्न सक्ने प्रक्षेपण गर्न सक्छन भने 'ओभर प्राइस' क्याटोगोरीमा भएका कम्पनीको सेयर मुल्य भोलिका दिन घट्न सक्छ आजै बेचेर प्रोफिट बुक गर्दा बढी फाइदा लिन सकिन्छ भन्ने बुझाउछ। आजको सेयरकारोबारमा नेपाल बैंक सहित ५ बैंकको सेयरमल्य अन्डरप्राइसको सुचिमा छन। भने एभरेस्ट सहित ५ बैंकको सेयर महँगो सुचिमामा छन।



डेड स्क्रिप्ट स्त्याट्स अन्तर्गत तपाइँहरुले सम्बन्धित दिनमा कुल कारोबार भएका कम्पनीहरु र तिनीहरुको सेयर मुल्यको बारे जानकारी लिन सक्नुहुन्छ। यसमा देखाइएको रातो रंगले कारोबार आएका कुल कम्पनी मध्ये सेयर मुल्य घटेको देखाउछ भने निलो रगले कारोबारमा आएपनि सेयरमुल्यमा कुनै परिवर्तन नआएको जनाउँछ त्यस्तै हरियो रंगले सेयरमुल्य बढेको बुझाउँछ। त्यस्तै कालो रंगले सुचिकृत भएका तर कारोबारमा नआएका कम्पनी भन्ने बुझाउछ।



आउटलुकको अर्थ आज सेयर बजारको रुप कस्तो हुन्छ, बजार घट्छ वा बढ्छ भन्ने एउटा प्रक्षेपणको सूचक मात्र हो। यसमा देखाइएको रातो रंगले बजार आज घट्न सक्छ भन्ने बुझाउछ भने हरियोले बढ्न सक्छ भन्ने बुझाउँछ। आजको कारोबारमा नेप्से परिसूचक घट्ने प्रक्षेपण गरिएको छ।
नोट: बजार संक्षेप (मार्केट समरी) समयमै अपडेट भएका बजारका सूचकहरुलाई आधार मानेर तयार गरिएको हो। अघिल्लो दिनको कारोबारको आधारमा सम्बन्धित दिनको बजार संक्षेप तयार गरिएको हो। जानकारी र यसमा उल्लेख तथ्यांक सेयर लगानीकर्तालाई लगानीको निर्णय लिनलाई सहज होस भन्ने उदेश्यले मात्र प्रकाशन गरिएको हो तर यसमा उल्लेख सूचना जानकारी र सुझाबहरु नै सबैथोक होइनन। यस बजार संक्षेपमा उल्लेख सूचना र जानकारीको आधारमा गरिएका लगानीको निर्णय र त्यसको प्रभाबबारे केसीएल अस्टुट क्यापिटल र बिजपाटी डटकम उत्तरदायी हुने छैनन।
Source: KCL ASTUTE CAPITAL RESEARCH TEAM

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved