तनँहुमा स्पर्स लघुवित्तको सीपमुलक तालिम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 25, 2020 | 11:56:31 AM मा प्रकाशित

laxmi  sunrise bank

स्पर्स लघुवित्त वित्तीय संस्थाको थर्पु शाखाले सदस्यहरुको लागि आधारभुत तिन दिने डल तथा कुशन तालिम सम्पन्न गरेको छ । तनँहुको म्याग्दे गा.पा– ४ घुम्तीमा माघ ७ गते देखि शुरु भई ९ गते समापन भएको भएको उक्त कार्यक्रममा वित्तीय संस्थाको २५ वटा केन्द्रका २५ जना सदस्यहरु सहभागी थिए। 

तालिममा डल कुशन लगायतका सामग्रीहरु बनाउन सिकाइएको थियो। वित्तीय संस्थाका शाखा प्रवन्धक श्रृजन पाण्डेले सदस्यहरुलाई कर्जा प्रवाह मात्र नगरी यस्ता शिपमुलक तालिमहरु आयोजना गरि आम्दानीका स्रोत बढाउन, बचत गर्न तथा  कर्जा सदुपयोग गर्न उत्प्रेरित गर्दै आइरहेको साथै यस्ता शिपमुलक तालिमहरु आगामी दिनहरुमा समेत संचालन गरिने बताए। उक्त कार्यक्रममा रविना रिजालले प्रशिक्षकको भुमिका निर्वाह गरेकी थिइन ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved