कोरोना रोकथामका लागि लक्ष्मी लघुवित्तले १४ लाख दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 06, 2020 | 11:36:28 AM मा प्रकाशित

laxmi  sunrise bank

लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्था Laxmi Laghubitta Bittiya Sanstha Limited ले रोकथाम कोरोना रोकथामका लागि १४ लाख रुपैयाँ सहयोग गर्ने भएको छ  । 

कोरोना रोकथाम, नियन्त्रण तथा प्रभावितहरुलाई राहत प्रदान गर्ने उद्देश्यले देशको सातवटै प्रदेशमा सम्वन्धित प्रदेश सरकारद्धारा स्थापित कोरोना संक्रमण रोकथाम तथा उपचार कोषमा २ लाख रुपैयाँको दरले कुल १४ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको जनाएको छ । 

उक्त सहयोग रकम सो प्रयोजनको लागि प्रदेश सरकारहरुले राष्ट्रिय बाणिज्य बैंकमा खोलिएका बैंक खाताहरुमा जम्मा गरिने संस्थाले जनाएको  छ । सामाजिक उत्तरदायित्व समेत वहन गर्ने उद्देश्य अनुरुप संस्थागत समाजिक उत्तरदायित्व कोषबाट उक्त रकम सहयोग गरेको संस्थाले जनाएको छ ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved