जनउत्थान सामुदायिक लघुवित्तका कर्मचारीको कोरोना बीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 09, 2020 | 06:48:13 PM मा प्रकाशित

laxmi  sunrise bank

जनउत्थान सामुदायिक लघुवित्त Janautthan Samudayic Laghubitta Bikas Bank Limited  ले सम्पूर्ण कर्मचारीको कोरोना बीमा गाराएको छ । कर्मचारीहरुको मनोवल वृद्धि गर्ने उदेश्यका साथ संस्थाले आफ्ना सम्पूर्ण २०१ जना कर्मचारीको कोरोना बीमा गराएको जनाएको हो । 

संस्थाले प्रति कर्मचारी एक लाख रुपैयाँको कोरोना बीमा शिखर इन्स्योरेन्स मार्फत गराएको जनाएको छ । उक्त बीमा लेख कायम रहेको अवधिमा कोरोना बीमा दावीका लागि कोरोना भाइरस पिसिआर परीक्षण भई संक्रमित भएको प्रमाणित भएमा कर्मचारीले तोकिएको बीमाङ्क रकम प्राप्त गर्ने सक्ने कम्पनीले जनाएको छ ।

संस्थाले पूर्वको पर्सा देखि पश्चिमको कञ्चनपुर सम्मका तराईका ११ वटा जिल्लाहरु र सोही जिल्लाहरु सँग जोडिएका पहाडका ८ वटा जिल्लाहरु गरी जम्मा १९ वटा जिल्लामा ३९ वटा शाखा कार्यालयहरु मार्फत सेवा दिदै आइरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved