बार्षिकोत्सवको अवसरमा लक्ष्मी लघुवित्तले ब्याजदर घटायो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 29, 2020 | 08:02:43 PM मा प्रकाशित

laxmi  sunrise bank

लक्ष्मी लघुवित्त वित्तीय संस्था Laxmi Laghubitta Bittiya Sanstha ले १३ प्रतिशत वार्षिक ब्याजदरमा कर्जा दिने भएको छ । संस्थाले आफ्नो १०औँ वार्षिक उत्सवको अवसरमा १३ प्रतिशतको दरमा लघु उद्यम कर्जा दिने भएको हो । 

संस्थाले बार्षिकोत्सवको अवसरमा ग्राहक सदस्यहरुलाई धितो सुरक्षणमा आधारित कर्जाको ब्याजदर १५ प्रतिशतबाट घटाई वार्षिक १३ प्रतिशत कायम गरेको छ । 

यस्तै सस्थाले वार्षिकोत्सवको अवसरमा बृद्धबृद्धा आश्रमलाई खाद्य सामाग्री तथा लत्ताकपडा वितरण पनि गरेको छ । संस्थाले काठमाण्डौको बुढानिलकण्ठमा रहेको पवित्र समाज नेपालद्धारा सञ्चालित अनाथ बालबालिका तथा बृद्धबृद्धा आश्रमलाई खाद्य सामाग्री तथा लत्ता कपडा वितरण गरेको हो ।

संस्थाले २०६९ जेष्ठ २२ गतेबाट नुवाकोटको बट्टारबाट लघुवित्त कारोवार शुरु हो । संस्थाको हाल देशभर ५२ जिल्लाहरुमा ७२ वटा शाखा कार्यालयहरु रहेका छन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved