सिडीएसको प्रमुख कार्यकारी अधिकृतमा आचार्य नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 24, 2020 | 08:05:10 PM मा प्रकाशित

laxmi  sunrise bank

सिडीएस एण्ड क्लियारिङ लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा पूर्ण प्रसाद आचार्य नियुक्त भएका छन् । नेपाल स्टक एक्सचेन्ज नेप्सेको  सोमबार बसेको संचालक समितिको बैठकले आचार्यलाई सीइओ नियिक्त गर्ने निर्णय गरेको हो ।

सिफारिस समितिले सीइओको लागि ३ जनाको नाम सिफारिस गरेकोमा आचार्य नियुक्त भएका हुन् । इलाम घर भएका आचार्य यसअघि कृषि विकास बैंकका पुर्व डेपुटी सीइओ थिए भने उनी बैंक कै सीइओ बन्ने दौडमा समेत थिए । सिफारिस समितिले आचार्य सहित भिष्म चालिसे र कृष्ण गिरिको नाम सिफारिस गरेको थियो  ।  

सिडीएस एण्ड क्लियारिङ लिमिटेडको संचालक समितिको बैठकले सीइओ खुल्ला प्रतिस्पर्धाबाट छनौटका लागि पाँच सदस्यीय छनौट समिति गठन गरेको थियो । नेप्सेका उपप्रबन्धक निरन्जन फुयाँलको संयोजकत्वमा रहेको समितिमा नेपाल सरकार अर्थ मन्त्रालयको तर्फबाट उपसचिव मुकुन्द पोख्रेल, नेपाल धितोपत्र बोर्डबाट निर्देशक नारायण प्रसाद शर्मा, नेप्सेका गिरिराज दाहाल सदस्य  थिए भने विज्ञ सदस्यका रूपमा मोहन ओझा थिए । 

पुर्व सीइओ  देव प्रकाश गुप्ताको कार्यकाल गत गत असोज ९ गते सकिएपछिपछि उक्त पद रिक्त थियो  ।  त्यसयता कम्पनीले मङ्सिर १६ देखि लागु हुने गरी  सिडीएसकी उच्च तहकी कन्चन सापकोटालाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको थियो । सिडीएस संचालक समितिले उनलाई अर्को व्यवस्था नभएसम्मको लागि नियमित काम कारवाही गर्ने जिम्मेवारी दिएको थियो । हाल उनैले नेतृत्व सम्हाल्दै आएकी थिइन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved