माग पुरा नभए नयाँ शक्तिले चरणबद्ध आन्दोलन गर्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 07, 2016 | 08:30:35 AM मा प्रकाशित

laxmi  sunrise bank

तिन बुदे माग राख्दै कतारमा नयाँ  शक्ति घोषणा भएको छ । साथै पार्टीले आफ्ना माग पुरा नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएको छ । नयाँ शक्ति नेपालको प्रवास युवा कमिटि, अन्तराष्ट्रिय नेपाली युवा शक्ति केन्द्रको कतार स्थित कमिटि र  अन्तर्राष्ट्रिय नेपाली युवा शक्ति कतारको प्रथम संयुक्त भेलाले तीन बुंदे माग राख्दै नयाँ  शक्ति कतार घोषणा गरेको हो।

भेलाले राखेका मागहरु  निम्न छन् । 

१. बिदेश बाट नेपाल फर्किदा नेपालीले लगरेर जाने घरायसी प्रयोजनका सामानहरुमा भन्सार लगाउन नपाउने र सरकारले घरायसी प्रयोजनका सामानहरुमा कुनै किसिमको मापदण्ड लगाउन नपाउने ।

२. कुटनितिक सम्बन्ध सुदृढ पार्ने र खाडिका मुलुकमा श्रम इन्स्योरेन्स नवीकरण गर्ने ब्यबस्था मिलाउने।

 

३.मानब तस्करलाइ रोक्न राज्यले कानुन बनाउनु पर्ने र मेन पावर र श्रम बिभागको मिलेमतोमा हुने भ्रष्टाचार नियन्त्रण गर्ने ।

 उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी नया शक्ति पार्टीका केन्द्रिय सदस्य तथा अन्तर्राष्ट्रिय नेपाली युवा शक्ति केन्द्र प्रबासको केन्द्रिय संयोजक बि बि खरालले भारतिय रास्ट्रपतिको नेपाल भ्रमण स्वागत योग्य भएको तर स्वागत योग्यमा देखिएको प्रबृत्ति गलत रहेको बताएका थिए । उनले  बिदेसिएका नेपालीले आफ्नो घरायसी प्रयोजनमा लाने कुनै पनि सामानमा सरकारले मापदण्ड र चर्को भन्सार लगाएर उनीहरुको स्वाभिमान लाई कुठराघात गरेको र रेमिटेन्स र युवा जनशक्ति बिदेशीलाई बेचेर पनि नपुगी उनीहरुले फर्किदा घरायसी समान नेपाल लादा लगाइने मापदण्ड र भन्सारको चर्को बिरोध गरे । उनले बिदेशी मुलुक त्यसमा पनि खाडि मुलुको समस्या र चुनौतीमा राज्यको ध्यानाकर्षण नगरेको बताउदै अब चरण बद्द रुपमा आन्दोलन गर्ने घोषणा पनि गरेका छन्।

उनले खाडिका नेपाली दाजुभाइको समस्यामा नेपाल सरकारको कुटनीति सम्बन्ध कम्जोर अनि नेपाली युवा श्रमबर्गको ब्यबस्था गरेको आरोप लगाए भने लेबरका श्रम इन्स्योरेन्स उक्त देशकै दूतावासमा रिनु गराउनु पर्ने माग गर्दै मानव तस्कर रोक्न राज्यलाइ ध्यानाकर्षण गराएका थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved