ज्योति बिकास बैंकले 'ज्योति सेयर कर्जा' योजना ल्याएको छ। आवश्यक कागजपत्र पेस गरेको १ दिनमै सेयर कर्जा स्वीकृत हुने बैंकले जनाएको छ।
आवश्यक कागजात पेश गरेको अवस्थामा १३ प्रतिशतको ब्याजदरमा एकदिन मै सेयर कर्जा उपलब्ध गराइने ज्योति बैंकले जनाएको छ। बैंकका अनुसार लगानीकर्ताले राजधानीका कमलादी, जोरपाटी, कोटेश्वर, सुन्धारा, न्यूरोड, सरस्वतीनगर, नयाँ बानेश्वर, बालाजु, प्रयागपोखरी र च्यामासिंह शाखाबाट सेयर कर्जा उपलब्ध हुनेछ । त्यस्तै उपत्यकाबाहिर भने पोखराबाट 'ज्योति सेयर कर्जा' दिइने बैंकले जनाएको छ ।
बैंकिङ प्रणालीमा देखिएको तरलता अभाबका कारण सेयर धितो लगायतका कर्जामा कडाई भएकै बेला पछिल्लो समय बैंकहरुले तुलनात्मक रुपमा सस्तोमा सेयर कर्जा उपलब्ध गराउने प्रतिस्पर्धाले आगामी दिनमा सेयर धितो कर्जा सहजै सस्तो दरमा उपलब्ध हुने अनुमान छ।
राष्ट्रिय स्तरको बिकास बैंकको रुपमा संचालनमा रहेको ज्योति बिकास बैंकले निःशुल्क ईन्टरनेट बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, लकर सेवा, एटिएम सेवा, ३६५ दिने बैंकिङ्ग सेवाका साथ ABBS सेवा समेत उपलब्ध गराउदै आएको छ । बैंकले साविक झिमरुक विकास बैंकसंग मर्जर गरी शाखा संजाल ३२ वटा तथा एउटा एक्स्टेन्सन काउन्टर एवं १४ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउदै आएको छ ।
त्यस्तै राप्तीभेरी विकास बैंकलाई प्राप्ति गरे पश्चात थप ६ वटा शाखा बढने बैंकले जनाएको छ । बैंकले गत आर्थिक बर्ष १ लकः खाताबाट १० करोड ५१ लाख निक्षेप संकलन गरी ८००० ऋणी मार्फत ९ अर्व १३ करोड कर्जा लगानी गरेको छ। बैंकले गत आर्थिक बर्ष २६ करोड १८ लाख खुद मुनाफा आर्जन गरेको छ।