गण्डकी बिकास बैंकले हकप्रद र बोनस मार्फत चुक्ता पुँजी जुटाउदै, २५ प्रतिशत हकप्रद पाइपलाइनमा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 07, 2017 | 02:57:55 PM मा प्रकाशित

laxmi  sunrise bank

साबिकको फेवा र गण्डकी बिकास एक आपसमा मर्ज भएर बनेको गण्डकी बिकास बैंकले हकप्रद र बोनस सेयर मार्फत तोकिएको चुक्ता पुंजी पुर्याउने भएको छ। बैंकले १०० बराबर २५ कित्ता अर्थात २५ प्रतिशतका दरले हकप्रद जारी गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निबेदन दर्ता गराएको छ। 

बैंकले प्रति कित्ता १ सय रुपैयाँका दरले ४६ लाख ९ हजार ८१५ कित्ता सेयर हकप्रद जारी गर्न अनुमति माग गरेको हो। बैंक हकप्रद सेयर बिक्रि तथा वितरणमा प्रभु क्यापिटल रहेको छ। 

२५ प्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात बैंकको चुक्ता पुंजी २ अर्ब ३१ करोड २९ लाख हाराहारी पुग्नेछ। गत आर्थिक बर्षको कमाईबाट २३ प्रतिशत बोनस सेयर वितरण गरी अपुग पुंजी पुर्याउने बैंकको योजना छ। गत आर्थिक बर्ष बैंकले ५८ करोड खुद मुनाफा आर्जन गरेको छ।     

हाल बैंकले ५३ वटा शाखा कार्यालय मार्फत आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ। समान हैसियतमा मर्ज भएका साबिकको गण्डकी र फेवा मिलेर बनेको गण्डकीले निकट भविष्यमा नै विर्तामोड, विराटनगर, काठमाडौको सामाखुशी र रुपन्देहीको अमुवामा शाखा सञ्चालन गर्ने तयारी गरेको जनाएको छ।   



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved