हकप्रद जारि गर्न एनसीसीले तोक्यो बिक्री प्रबन्धक, यसरी जुटाउदै छ ८ अर्ब पुंजी

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 07, 2017 | 06:20:19 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल क्रेडिट एण्ड कमर्श, एनसीसी बैंकले हकप्रद निष्काशनका लागि बिक्रि प्रबन्धक चयन गरेको छ। बैंकले ५० प्रतिशत हकप्रद बिक्री तथा वितरणका लागि सनराइज क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको जनाएको छ। 

यस सम्बन्धी सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन। 

बैंकले प्रति कित्ता १ सय रुपैयाँका दरले २ करोड ३३ लाख ९५ हजार २९१ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो। ५० प्रतिशत हकप्रद बिरी तथा वितरण पश्चात बैकको चुक्ता पुंजी ७ अर्ब नाघ्नेछ। हाल बैंकको चुक्ता पुंजी ४ अर्ब ६७ करोड रुपैयाँ रहेको छ ।

हकप्रद बिक्री तथा वितरण पश्चात अपुग पुंजी बैंकले बोनस सेयर मार्फत जुटाउनेछ। बैंकले गत आर्थिक बर्ष १ अर्ब ३२ करोड ५८ लाख खुद मुनाफा गर्दै 'अर्ब कलब' मा प्रवेश गरेको छ। बैंकले अघिल्लो आर्थिक बर्षको यस अवधिमा ७० करोड ७८ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।    

गत आर्थिक बर्षको कमाई, जगेडा कोष रकम, अघिल्लो आर्थिक बर्षको रिटेन अर्निङ, चार बिकास बैंकलाई गाभ्दा स्वापबाट प्राप्त आम्दानीको आधारमा एनसीसी बैंकसंग ३३  दशमलब ०६ प्रतिशत लाभांश क्षमता रहेको छ। बैंकलाई स्वापबाट प्राप्त भएको आम्दानीलाई मात्र आधार मान्दा बैंकले २१ प्रतिशत बोनस सेयर र केहि प्रतिशत नगद लाभांश वितरण गर्ने प्रक्षेपण गरिएको छ।  

४ बिकास बैंकलाई गाभेको एनसीसी बैंक अर्ब क्लबमा प्रवेश, इपिएस २८ हुँदा लाभांश क्षमता कति ?

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved