मेरो माइक्रोफाइनान्सको साधारणसभा असोज ३० मा, हेर्नुस कहिले हुने भयो बुक क्लोज

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 08, 2017 | 08:55:04 AM मा प्रकाशित

laxmi  sunrise bank

मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाले असोज ३० गते साधारणसभा गर्ने भएको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज २ गतेदेखि असोज १० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । असोज १ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र कम्पनीले प्रस्ताव गरेको बोनस पाउने छन् ।

 कम्पनीले  ३० प्रतिशत बोनस र १२.१०५ प्रतिशत नगद लाभाश वितरण गर्ने प्रस्ताव गरेको छ । यहि प्रस्ताव साधारणसभा पेश हुनेछ र सभाले पारित गरेपछि लाभांश वितरण हुनेछ । 

 लाभांश वितरणपछि कम्पनीको चुक्ता पुंजी  २८ करोड नाघ्ने छ ।

मेरो माइर्कोफाइनान्सले गत आर्थिक बर्षमा ९ करोड २८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक बर्षको यस अवधिमा माइक्रोफाइनान्सले ७ करोड ५६ लाख रुपैयाँ मुनाफा गरेको थियो। 

समिक्षा अवधिमा २ करोडले पुंजी बढाएको यस माइक्रोफाइनान्सले जगेडा कोष रकम समेत उल्लेख्य वृद्धि गरी ११ करोड ७८ लाखबाट १६ करोड ९७ लाख रुपैयाँ पुर्याएको छ। 

गत आर्थिक बर्षमा माइक्रोफाइनान्सले १ अर्ब ७३ करोड सापटी र ४९ करोड ९५ लाख निक्षेप संकलन गरि २ अर्ब ४० करोड कर्जा प्रवाह गरेको छ। अघिल्लो आर्थिक बर्षको तुलनामा झन्डै डबलले कर्जा प्रवाह बढाएको यस माइक्रोफाइनान्सको निष्क्रिय कर्जा अनुपात १ दशमलब ८२ प्रतिशतबाट शुन्य दशमलब ९८ प्रतिशतमा झरेको छ।

 माइक्रोफाइनान्सको प्रति सेयर आम्दानी ४२ रुपैयाँ १९ पैसा, मुल्य आम्दानीको अनुपात ५२ दशमलब २४ गुणा, प्रति सेयर नेटवर्थ १७७ रुपैयाँ १४ पैसा र तरलताको अनुपात ६ दशमलब ६९ प्रतिशत रहेको छ।   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved