छिमेक लघुवित्तले गर्यो ४५ प्रतिशत लाभांश प्रस्ताव

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 08, 2017 | 10:15:10 AM मा प्रकाशित

laxmi  sunrise bank

छिमेक लघुवित्त विकास बैंक लिमिटेडले ४५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। कम्पनीको भदौ २२ गते बसेको संचालक समितिको बैठकले ७३/७४ को मुनाफाबाट २५.११ प्रतिशत नगद लाभांश र १९.८९ प्रतिशत बोनस शेयर प्रस्ताव गरेको हो । 

कम्पनीले २५.११ प्रतिशतले (बोनस शेयरको कर सहित) हुन् आउँने २० करोड ९४ लाख २ हजार ५ सय १५ नगद लाभांश र १९.८९ प्रतिशतले हुन् आउने १६ करोड ५९ लाख २९ हजार ३ सयको बोनस शेयर दिने प्रस्ताव गरेको हो । 

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत दिएपछि र कम्पनीको सागामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण हुनेछ । बिजपाटी डटकमले छिमेक लघुवित्तले कुल ४२ प्रतिशत लाभांश दिने प्रक्षेपण गरेको थियो। गत बर्ष छिमेक लघुवित्तले ४० प्रतिशत बोनस सेयर र १२ दशमलब ७० प्रतिशत नगद लाभांश वितरण गरेको थियो।    

 १९ दशमलब ८९ प्रतिशत बोनस सेयर वितरण पश्चात छिमेकको चुक्ता पुंजी ९९ करोड २५ लाख पुग्नेछ। हाल छिमेक लघुवित्तको चुक्ता पुंजी ८३ करोड ४० लाख छ। 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved