फर्स्ट माइक्रोफाइनान्सको बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 11, 2017 | 08:28:59 AM मा प्रकाशित

laxmi  sunrise bank

फर्स्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको १५ प्रतिशत बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन हो। माइक्रोफाइनान्सले लाभांश प्रयोजनका लागि भदौ २७ गतेका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले भदौ २६ सम्म अर्थात आजसम्म कायम सेयरधनीहरुले बोनस सेयर पाउनेछन। 

लाभांश प्रस्ताब नेपाल राष्ट्र बैंक र माइक्रोफाइनान्सको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुमा लाभांश बितरण हुनेछ। १५ प्रतिशत बोनस सेयर वितरण पश्चात माइक्रोफाइनान्सको चुक्ता पुंजी ४५ करोड ४९ लाख पुग्नेछ। हाल माइक्रोफाइनान्सको चुक्ता पुंजी ३९ करोड ५५ लाख छ। माइक्रोफाइनान्सले गत आर्थिक बर्ष ८ करोड २ लाख मुनाफा गरेको छ।  

त्यस्तै माइक्रोफाइनान्सले ५० प्रतिशत हकप्रद जारी गर्ने तयारीमा छ। ५० प्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात चुक्ता पुंजी ६८ करोड २३ लाख पुग्नेछ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved