६ सय प्रतिशत हकप्रद निष्काशनको अनुमति माग्दै एभरेष्ट इन्स्योरेन्स धितोपत्र बोर्डमा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 12, 2017 | 11:57:48 AM मा प्रकाशित

laxmi  sunrise bank

एभरेस्ट इन्सुरेन्सले हकप्रद निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले १:६ को अनुपातमा ६ सय प्रतिशत हकप्रद निष्काशनको अनुमति मागेको हो । कम्पनीले २ करोड १० लिअख कित्ता शेयर निष्काशनको लागि अनुमात मागेको हो । 

कम्पनीले   असार २३ गते आर्थिक बर्षहरु ०६८/०६९, ०६९/०७०, ०७०/०७१, ०७१/०७२ र ०७२/०७३ गरी ५ बर्षको साधारण सभा गरेर २० प्रतिशत बोनस तथा ६ सय प्रतिशत हकप्रद प्रस्ताव पारित गरेको थियो  । 

 साधारण सभाले २० प्रतिशत बोनस र कर प्रायोजनक लागि १० लाख ६५ हजार ७ सय ८९ रुपियाँ नगद लाभाशको प्रस्ताव पारित गरेको थियो   । त्यस्तै   बोनस पछि ६ सय प्रतिशत हकप्रद प्रस्ताव पनि साधारण सभाले पारित गरेको थियो   । 

 हाल इन्स्योरेन्सको चुक्ता पुंजी १० करोड १२ लाख रहेकोमा २० प्रतिशत बोनसपछि चुक्ता पुंजी १० करोड १५ लाख पुग्ने छ  ।  ६ सय प्रतिशत हकप्रदपछि चुक्ता पुंजी ८५ करोड नाघ्ने छ  । 

सबै निर्जीवन बिमा कम्पनीले आर्थिक बर्ष ०७४/०७५ को अन्त्यसम्ममा चुक्ता पुंजी १ अर्ब पुर्याउनु पर्ने छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved