पोखरा फाइनान्सको एफपीओ बाँडफाँड आज, सबै आवेदकले न्युनतम १० कित्ता पाउने निश्चित

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 13, 2017 | 06:47:34 PM मा प्रकाशित

laxmi  sunrise bank

पोखरा फाइनान्सको एफपीओ बांडफांड भदौ २९ मा हुने भएको छ। एफपिओ बांडफांड सम्बन्धी सम्पूर्ण तयारी पुरा भईसकेकाले भदौ २९ गते बांडफांड प्रक्रिया सम्पन्न हुने बिक्री प्रबन्धक एनआईबिएल क्यापिटलले जनाएको छ।  

एफपीओ बांडफांड सम्बन्धी सम्पूर्ण जानकारी भदौ २९ गते बिक्री प्रबन्धक एनआईबिएल क्यापिटलको कार्यालयबाट सार्वजनिक गरिने क्यापिटलले जनाएको छ।

पोखरा फाइनान्सले गत साउन २९ देखि भदौ १ सम्म एफपीओ बिक्री खुला गरेको थियो। फाइनान्सले १२० रुपैयाँ प्रिमियम सहित प्रति कित्ता २२० रुपैयाँमा २१ करोड ६४ लाख रुपैयाँ बराबरको ९ लाख ८३ हजार ६८२ कित्ता एफपीओ बिक्री गरेको हो। पोखरा फाइनान्सको एफपीओमा करिब  ५० हजार आवेदकबाट ७२ करोड ६० लाख रुपैयाँ बराबरको आबेदन परेको थियो।

पोखरा फाइनान्सको एफपीओमा आबेदन दिने सबै आवेदकले न्युनतम १० कित्ता पाउने निश्चित छ। सबैलाई १० कित्ता बाँडफाँड गरिसकेपछि २० कित्ता वा सो भन्दा बढी आबेदन गर्ने आवेदकले थप १० कित्ता पाउनेछन। त्यसपछि पनि बाँकी रहेको सेयर गोलाप्रथाबाट बाँडफाँड हुनेछ।   

एफपीओ वितरण पश्चात पोखरा फाइनान्सको चुक्ता पुंजी ६५ करोड ५७ लाख पुग्नेछ। पोखरा फाइनान्सले सेयर स्वामित्व संस्थापक ५१ र साधारण ४९ प्रतिशत कायम गर्नका लागि प्रिमियममा एफपीओ बिक्री गरेको हो। प्रिमियम बापतको रकम फाइनान्सको जगेडा कोषमा जाने भएकाले फाइनान्सको रिजर्भ ११ करोड ८० लाखले बढ्नेछ। 

१५ प्रतिशत हकप्रद हकप्रद बिक्री गर्ने तयारीमा रहेको पोखरा फाइनान्सले ८० करोड चुक्ता पुंजी पुर्याउनुपर्नेछ। १५ प्रतिशत हकप्रद बिक्री तथा वितरण पश्चात फाइनान्सको चुक्ता पुंजी ७५ करोड ४० लाख पुग्नेछ। बाँकी अपुग पुंजी फाइनान्सले बोनस सेयर मार्फत जुटाउनेछ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved