स्वाभिमान माइक्रोफाइनान्सको दुई सय प्रतिशत हकप्रद प्रस्ताब पारित, चुक्ता पुंजी ६ करोड पुग्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 16, 2017 | 08:07:41 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्थाले हकप्रद बिक्री गर्ने भएको छ। माइक्रोफाइनान्सको भदौ ३० मा सम्पन्न प्रथम बार्षिक साधारणसभाले हाल कायम चुक्ता पुंजीबाट १ बराबर २ अर्थात दुई सय प्रतिशतका दरले हकप्रद बिक्री गर्ने प्रस्ताब पारित गरेको जनाइएको छ। 

साधारणसभाले हाल कायम चुक्ता पुंजीबाट दुई सय प्रतिशत हकप्रद बिक्री गरि चुक्ता पुंजी ६ करोड पुर्याउने प्रस्ताब पारित गरेको हो।  माइक्रोफाइनान्सको संस्थापक तर्फको चुक्ता पुंजी १ करोड ४० लाख छ। संस्थापक सेयरधनीहरुलाई दुई सय प्रतिशतका दरले हकप्रद बिक्री तथा वितरण पश्चात चुक्ता पुंजी ४ करोड २० लाख पुग्नेछ। 

माइक्रोफाइनान्समा ७० प्रतिशत संस्थापक सेयर र ३० प्रतिशत सर्वसाधारणका लागि छुट्याईएको छ। माइक्रोफाइनान्सले सर्वसाधारणका लागि प्राथमिक सेयर जारी गर्न बाँकी नै रहेको छ। हालै मात्र स्थापना भई लघुवित्त बैंकिङ गर्दै आएको माइक्रोफाइनान्सलाई सर्वसाधारणका लागि आइपीओ जारी गर्न अझ बर्ष दिन लाग्नेछ।  

तिलोत्तमा नगरपालिका -६ ,रुपन्देहीमा केन्द्रिय कार्यालय स्थापना गरी लघुवित्त सेवा प्रदान गर्दै आएका यस माइक्रोफाइनान्सले १० वटा शाखा कार्यालय मार्फत लघुवित्त बैंकिङ प्रदान गरिरहेको छ। लघुवित्तको ग्राहक संख्या  भदौ महिनासम्म २ हजार ३२८ पुगेको छ भने ऋणीको संख्या १ हजार ८२० जना पुगेको छ।  भदौसम्म लघुवित्तको कर्जा लगानी १३ करोड र बचत १ करोड ५० लाख छ । 

कैलाश बिकास बैंकद्वारा प्रवर्दित यस माइक्रोफाइनान्समा प्रतिष्ठित उद्योगी, व्यवसायी, बैंकर र चार्टर्ड एकाउण्टेण्टहरुको लगानी रहेको छ। माइक्रोफाइनान्सले चालु आर्थिक बर्षमा थप ७ वटा शाखा कार्यालय बिस्तार गर्ने लक्ष्य लिएको प्रमुख कार्यकारी अधिकृत कृष्ण राज चौधरीले जानकारी दिएका छन।

त्यस्तै

सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट सन्तोष नारायण श्रेष्ठ, कैलाश बिकाश बैंकको तर्फबाट कृष्ण प्रसाद अर्याल, मधुसुदन कुमार श्रेष्ठ र  गिरिराज पाठकलाई संचालक पदमा निर्विरोध निर्वाचित समेत गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved