तिनाउ विकास बैंकले गर्यो लाभांश घोषणा, १० प्रतिशत बोनस प्रस्ताव

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 17, 2017 | 09:33:01 AM मा प्रकाशित

laxmi  sunrise bank

तिनाउ विकास बैंकले लाभांश घोषणा गरेको छ ।   बैंकको भदौ ३० गते बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष ७३/७४ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।   

उक्त प्रस्ताव बैंकको साधारणसभाबाट पारित भएपछि र राष्ट्र बैंकले अनुमति दिएपछि वितरण हुनेछ ।   

हाल बैंकको चुक्ता पुंजी ४६ करोड ८ लाख रहेकोमा १० प्रतिशत बोनसपछि चुक्ता पुंजी ५० करोड नाघ्ने छ ।   

बैंकले गत आर्थिक बर्षमा ९ करोड ६७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved