पुर्णिमा विकास बैंकले गर्यो लाभांश घोषणा, ८ करोड ९० लाखको लाभांश वितरण गर्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 20, 2017 | 08:55:00 AM मा प्रकाशित

laxmi  sunrise bank

पुर्णिमा विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको असोज २ गते सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष ७३/७४ को मुनाफाबाट ८ करोड ९० लाखको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले ८ करोड ४५ लाख ५० हजारको बोनस शेयर र बोनस शेयरको कर प्रयोजनार्थ ४४ लाख ५० हजारको नगद लाभांश प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।

बैंकले गत असार १९ गतेदेखि २५ प्रतिशत हकप्रद बिक्रि गरेको थियो  । २५ प्रतिशत हकप्रद बिक्रि तथा बितरण पश्चात बैंकको चुक्ता पुंजी ४४ करोड ४ लाख पुगेको थियो । प्रस्तावित बोनस वितरण पछि बैंकको चुक्ता पुंजी ५२ करोड ८५ लाख पुग्ने छ   ।




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved