नेपाल हाइड्रो डेभलपरको आईपीओमा नपरेको रकम कहिलेसम्म हुन्छ फुकुवा ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 20, 2017 | 03:17:17 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल हाइड्रो डेभलपरको आईपीओ बाँडफांड भएको ५ दिन भईसक्दा पनि कतिपयले आफ्नो बैंक खातामा भएको पैसा फुकुवा नभएको गुनासो गरेका छन् । नेपाल हाइड्रो डेभलपरको आईपिओ गत शुक्रबार अर्थात् भदौ ३० गते बाँडफांड भएको थियो ।  

आईपीओमा परेको कुल आबेदन मध्ये १ लाख ७१ हजार ५९२ जनाको आवेदन स्वीकृत भएको थियो भने १ हजार ९०९ जनाको आबेदन रद्द भएको थियो । बाँकी ३६ हजार २७० जनाले शेयर हात पारेका थिए । 

बिक्रि प्रबन्धक एनएमबि क्यापिटलले आगामी शुक्रबारसम्म सबैको खातामा पैसा फुकुवा भई सक्ने बताएको छ  । क्यापिटलले ५ बैंक तथा वित्तीय संस्था बाहेक सबैमा आज बुधबारसम्ममा पैसा फुकुवा भईसकेको बताएको छ  ।

क्यापिटलले फुकुवा गर्न अनुमति दिएको ३ कार्यदिनमा पैसा फुकुवा भई सक्ने जानकारी दिएको हो  । जस अनुसार क्यापिटलले आईपिओ बाँडफांड गरेकै दिन पनि केहि बैंक तथा वित्तीय संस्थाको रकम फुकुवा गरेको जनाएको छ  । 

यस हप्ता ३ गते संविधान दिवसको सार्बजनिक बिदा र ५ गते घटस्थापनाको बिदा परेकोले फुकुवा हुनमा ढिलाई भएको जानकारी दिएको हो  । आगामी शुक्रबार अर्थात् ६ गतेसम्ममा सबैको रकम फुकुवा भई सक्ने र ग्राहकले उक्त रकम झिक्न र प्रयोग गर्न सक्ने छन्  ।

सार्बजनिक निष्काशनमा आस्वा अनिवार्य गरिएपछि शेयर खरिद गर्नको लागि आवश्यक रकम आफ्नै खातामा रहने र शेयर बाँडफांड भएपछि शेयरमा नपरेको पैसा खातामा नै फिर्ता हुने गर्दछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved