साउन महिनामा शेयर कारोबार रकममा ३९.५ प्रतिशतले ह्रास, बजार पुंजीकरण १९ खर्ब १५ अर्ब

१६ अर्बको शेयर सुचिकृत
मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 22, 2017 | 01:05:49 PM मा प्रकाशित

laxmi  sunrise bank

नयाँ आर्थिक बर्षको पहिलो महिनामा नेप्से सूचकांकमा ह्रास आएको छ  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पहिलो महिनाको वित्तीय स्थितिअनुसार नेप्से सूचकाङ्कमा वार्षिक बिन्दुगत आधारमा ४.९ प्रतिशतले ह्रास आई २०७४ साउन मसान्तमा १६३२.७ विन्दुमा झरेको छ । २०७३ साउन मसान्तमा उक्त सूचकाङ्क ४८.४ प्रतिशतले वृद्धि भएको थियो । २०७४ असार मसान्तमा भने नेप्से सूचकाङ्क १५८२.७ विन्दु कायम भएको थियो ।

त्यस्तै धतोपत्र बजार पूँंजीकरण वार्षिक विन्दुगत आधारमा १.२ प्रतिशतले वृद्धि भई २०७४ साउन मसान्तमा रु. १,९१५ अर्ब १९ करोड पुगेको छ । बजार पूँजीकरण अनुपात २०७३ साउन मसान्तमा ५८.७ प्रतिशतले वृद्धि भएको थियो । आर्थिक वर्ष २०७३÷७४ को कुल गार्हस्थ्य उत्पादनसँग समीक्षा अवधिको बजार पूँजीकरणको अनुपात ७३.७ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ८४.२ प्रतिशत रहेको थियो । बजार पूँजीकरणमा बैंक, वित्तीय संस्था र बीमा कम्पनीहरुको अंश ८५.२ प्रतिशत रहेको छ भने जलविद्युत् क्षेत्रको ४.० प्रतिशत, उत्पादन तथा प्रशोधन क्षेत्रको २.५ प्रतिशत, होटलहरूको १.७ प्रतिशत, व्यापारिक संस्थाहरूको ०.१ प्रतिशत र अन्यको ६.५ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७४÷७५ को पहिलो महिनामा कुल शेयर कारोबार रकममा ३९.५ प्रतिशतले ह्रास आई रु. २१ अर्ब ६४ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कारोबार रकम २१३.१ प्रतिशतको उल्लेख्य वृद्धि भई रु. ३५ अर्ब ७८ करोड पुगेको थियो ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २०७४ साउन मसान्तसम्ममा १९९ रहेको छ । २०७३ साउन मसान्तमा यस्तो संख्या २२६ रहेको थियो । केही बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा मर्ज भएका कारण सूचीकृत कम्पनीहरुको संख्या घट्न गएको राष्ट्र बैंकले जनाएको छ  । सूचीकृत कम्पनीहरूमध्ये १५४ वटा बैंक तथा वित्तीय संस्था (बीमा कम्पनी समेत) रहेका छन् भने १८ वटा उत्पादन र प्रशोधन उद्योग, १६ वटा जलविद्युत्कम्पनी, ४÷४ वटा होटल तथा व्यापारिक संस्था र ३ वटा अन्य समूहका रहेका छन्।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत शेयरहरूको चुक्ता मूल्य वार्षिक विन्दुगत आधारमा २०७४ साउन मसान्तमा ४०.६ प्रतिशतले वृद्धि भई रु. २९१ अर्ब ७१ करोड पुगेको छ । समीक्षा अवधिमा मा रु. १ अर्ब १० करोड बराबरको साधारण शेयर, रु. ८ अर्ब १७ करोड बराबरको हकप्रद शेयर, रु. ३९ करोड बराबरको बोनस शे यर र रु. ७ अर्ब बराबरको सरकारी ऋणपत्र गरी कुल रु. १६ अर्ब ६६ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved