प्रुडेन्सियल इन्स्योरेन्सले गर्यो लाभांश घोषणा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 24, 2017 | 09:18:12 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रुडेन्सियल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सको असोज ६ गते शुक्रबार बसेको संचालक समितिको बैठकले २० प्रतिशत बोनस र कर प्रयोजनको लागि १.०५ नगद लाभांश रकम प्रस्ताव गरेको हो   ।

बैठकले हाल कायम चुक्ता पुंजी ४२ करोड ७६ लाख ८० हजार को २० प्रतिशतले हुने आउने ८ करोड ५५ लाख ३६ हजार बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो   । त्यस्तै बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ ४५ लाख १ हजार ८ सय ९५ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो   ।

उक्त प्रस्ताव बिमा समितिले अनुमति दिएपछि र इन्स्योरेन्सको साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण हुने छ। प्रस्तावित बोनस वितरणपछि इन्स्योरेन्सको चुक्ता पुंजी ५१ करोड ३२ लाख पुग्ने छ । 

बिजपाटी डटकमले भदौ ९ गते प्रकशित गरेको " EXCLUSIVE REPORT: १५ निर्जिबन बिमा कम्पनी मध्ये कुन कम्पनीको लाभांश क्षमता कति ?" शिर्षकको रिपोर्टमा प्रुडेनशियल इन्स्योरेन्सले २० प्रतिशत  बोनस दिने प्रक्षेपण गरेको थियो । सोहि प्रक्षेपण अनुसार इन्स्योरेन्सले लाभांश प्रस्ताव गरेको छ  । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved