सप्तकोशी डेभलपमेन्टको लिलामीको सेयरमा आबेदन खुला, कहाँबाट दिने आबेदन ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 27, 2017 | 07:36:27 AM मा प्रकाशित

laxmi  sunrise bank

सप्तकोशी डेभलपमेन्ट बैंकले असोज २५ देखि हकप्रदमा अवितरित सेयर लिलाम बढाबढ मार्फत बिक्रि गर्ने भएको छ। बैंकले असोज २५ देखि कात्तिक १ सम्मका लागि ९ लाख ७३ हजार ६७७ कित्ता सेयर लिलामीमा राखेको हो। 

बैंकले लिलामीमा राखेको सेयरमा संस्थापक तर्फ ९ लाख २५ हजार ५५७ कित्ता र सर्वसाधारण तर्फ ४८ हजार १२० कित्ता छ। बैंकले गत असार ३० देखि भदौ ९ सम्म १० बराबर १३ कित्ता सेयर अर्थात १३० प्रतिशतका दरले बिक्रि खुला गरेको हकप्रदमा अवितरित सेयर लिलामीमा राखेको हो। बैंकको हकप्रदमा करिब ३५.३५ प्रतिशतले हक दाबि परेको थिएन।   

इच्छुक बोलकबोल दाताले असोज २५ देखि कात्तिक १ सम्म बैंकको बिक्रि प्रबन्धक एनएमबि क्यापिटल, लाजिम्पाट, काठमाडौं अथवा सप्तकोशी डेभलपमेन्ट बैंकको कर्पोरेट कार्यालय, बिराटनगर-९, मोरङबाट आबेदन फारम प्राप्त गरि आबेदन दिन सक्नेछन। कात्तिक ५ गते लिलाममा परेको आवेदन खोलिने छ । 

इच्छुक बोलकबोल दाताले प्रति कित्ता न्युनतम १०० रुपैयाँका दरले १० ले भाग जाने गरि न्युनतम १०० कित्ताको लागि आबेदन दिनु पर्ने छ।सबै भन्दा बढी मूल्यमा आबेदन दिनेले लिलाममा राखेको हकप्रद पाउने छन।  

बोलकबोल दाताले शेयर खरिदको लागि आवश्यक रकम एनएमबि बैंकमा रहेको एनएमबि क्यापिटल मार्केट्सको {NMBCL – Right SKDBL 2073/074 } नाममा रहेको खाता नम्बर ००१३०६०००५४०१००००१९५ मा रकम जम्मा सक्नेछन। साथै बोलकबोल दाताले गुड फोर पेमेन्ट चेक मार्फत समेत रकम जम्मा गर्न सक्नेछन।  

१३० प्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात सप्तकोशीको चुक्ता पुंजी ४८ करोड ५३ लाख पुग्नेछ। हाल बैंकको चुक्ता पुंजी २१ करोड १० लाख छ। राष्ट्र बैंकको निर्देशन अनुसार बैकले ५० करोड चुक्ता पुंजी पुर्याउनु पर्नेछ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved