दशैं बिदा पछिको पहिलो कारोबारमा नेप्सेमा सामान्य सुधार, दशैंको ह्यांग ओभर कायमै

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 03, 2017 | 01:28:57 PM मा प्रकाशित

laxmi  sunrise bank

दशैं बिदापछि खुलेको पहिलो दिनको कारोबारमा बजार परिसूचक नेप्सेमा सामान्य सुधार देखिएको छ भने कारोबार रकम १४ करोडमा सिमित भएको छ। 

दिन भर उतारचढाब देखिएको नेप्सेमा कारोबारको अन्तिम अवधिमा सुधार देखिंदा नेप्से ६।८९ अंकले बढेर १५५६।३५ को उचाईमा पुगेको छ। आज कारोबारमा आएका १२० कम्पनीका २ लाख ६९ हजार सेयर खरीद बिक्रिबाट १४ करोडको कारोबार भएको छ। 

१४ करोडको कारोबार भएकोमा नेपाल इन्भेष्टमेन्ट बैंकको मात्रै ४ करोड ८८ लाखको कारोबार भएको छ। दशैंको ह्यांग अझै कायम रहेकाले पनि बजारमा कारोबार रकममा उत्साह नदेखिएको अनुमान गरिएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved