गुहेश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाइनान्सले कार्तिक १२ गतेदेखि हकप्रद निष्काशन गर्ने, कहाँ दिने आवेदन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 08, 2017 | 09:06:40 AM मा प्रकाशित

laxmi  sunrise bank

गुहेश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाइनान्स लिमिटेडले कार्तिक १२ गतेदेखि हकप्रद निष्काशन गर्ने भएको छ  ।  फाइनान्सले  १०:४ को अनुपातमा ४० प्रतिशत हकप्रद बिक्रि गर्न लागेको हो । अब फाइनान्सले १९ लाख ७३ हजार ९ सय २८ दशमलव ७७ कित्ता हकप्रद निष्काशन गर्ने छ  । 

कम्पनीले हकप्रद प्रयोजनका लागि असोज २७ गते बुक क्लोज गरेकाले असोज २६ गते कायम शेयरधनीले मात्र हकप्रद भर्न सक्ने छन्  । हकप्रद निष्काशनको लागि एनआईबिएल क्यापिटल मार्केट्स बिक्रि प्रबन्धक रहेको छ  । 

लगानीकर्ताले मङ्सिर १८ गतेसम्म हकप्रद भर्न सक्ने छन्  । लगानीकर्ताले बिक्रि प्रबन्धक एनआईबिएल क्यापिटल मार्केट्सको कार्यालय लाजिम्पाट, गुहेश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाइनान्सको सम्पूर्ण शाखा कार्यालयहरु , र नेपाल इन्भेस्टमेन्ट बैंकको शाखाहरु चिप्लेढुंगा पोखरा, विराटनगर, नारायणगढ, नेपालगंज र धनगढीबाट आवेदन दिन सक्ने छन् । 

 हाल कम्पनीको चुक्ता पुंजी ४९ करोड ३४ लाख रहेको छ । हकप्रद निष्काशनपछि चुक्ता पुंजी ६९ करोड १० लाख पुग्ने छ । 

राष्ट्र बैंकको निर्देशन अनुसार राष्ट्रिय स्तरको फाइनान्सले ०७४ असारसम्म चुक्ता पुंजी ८० करोड पुर्याउनु पर्ने छ । कम्पनीले गत आर्थिक बर्षमा १२ करोड ९२ लाख खुद नाफा कमाएको थियो  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved