कामना सेवा विकास बैंकको अवितरित हकप्रद शेयर लिलाम बढाबढ मार्फत बिक्रि, कट अफ मूल्य कति

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 12, 2017 | 09:55:28 AM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक (साबिकको कामना बिकास बैंक) ले अवितरित हकप्रद शेयर  लिलाम बढाबढ मार्फत बिक्रि गरेको छ।  बैंकले असोज ८ देखि असोज २२ सम्म शेयर लिलाममा राखेको थियो। 

बैंकले यस गहिको लिलाममा बिक्रि नभएको १८ हजार ३ सय ६७ कित्ता साधारण शेयर र ४५ हजार ५ सय ८७ दशमलव ६० कित्ता संस्थापक शेयर लिलाममा राखेको थियो । 

बिक्रि प्रबन्धक एनआइबिएल क्यापिटलमा  बुधबार आवेदन खोलिएको थियो । साधारण शेयर तर्फ २०० मूल्य कबुल गर्नेले शेयर पाएका छन् भने संस्थापक शेयर तर्फ २२५ रुपियाँ कबुल गर्नेले शेयर पाएका छन् ।

पोखरा केन्द्रित कामना र बुटवल केन्द्रित सेवा बिकास बैंकले गत आर्थिक बर्ष क्रमश: १७ करोड ६५ लाख र १७ करोड २८ लाख खुद मुनाफा आर्जन गरेका छन। दुवै बिकास बैंक १ बराबर १ को स्वाप अनुपातमा मर्ज भई कामना सेवा बिकास बैंकको नाममा साउन २२ गतेदेखि एकीकृत कारोबार थालेका हुन्।

मर्ज पश्चात कामना सेवा विकास बैंकको चुक्ता पुंजी २ अर्ब ६ करोड पुगेको छ। नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार राष्ट्रिय स्तरका बिकास बैंकहरुले २०७४ अन्तिम सम्म चुक्ता पुंजी २ अर्ब ५० करोड पुर्याउनु पर्नेहुन्छ। बैंकले  ४४ करोड पुंजी थप गर्नुपर्नेछ।   


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved